हत्या गरिएका मान्छेको संख्या भन्न उनी एकछिन राेकिए...

पिबोर, दक्षिण सुडान । एघार वर्षको कलिलो उमेरमा घरबाट भागेर आदिवासी लडाकू समूहमा भर्ना भएका बाबा साहेबलाई कति मानिस मारियो भन्ने एकिन सम्झना पनि छैन । हत्या गरिएका मान्छेको संख्या भन्न उनलाई एकछिन रोकिनु पर्दछ । 

 

“मैले गोलीले हानेर मारें । हामी सबैले त्यही ग¥यौं” बाबा जोनले भने, “मैले एउटा बन्दुक पाएँ र कसरी चलाउनु पर्दछ भनेर तालिम लिएँ । मलाई सम्झना पनि छैन कति मानिसलाई मैले गोलीले उडाएँ तर मैले निकै मानिस मारेको छु ।” 

 

दक्षिण सुडानी सशस्त्र समूह कोब्रा फ्याक्सनले पिबोर सहरको नजिकै आफ्नो गाउँमा आक्रमण गरेपछि जीवनमरणको दोसाँधमा आफूहरु पुगेको बाबा जोनको भनाइ छ । उनको गाउँ सुडानको राजधानी जुबाबाट करिब ४०० किलोमिटर उत्तरमा पर्दछ । 

 

बाब जोन त्यो आक्रमणबाट बच्न सफल भए, तर अर्कोपटक के होला भन्ने उनमा चिन्ता भयो । त्यही भएर अरुहरुले जस्तै उनी पनि लडाकू समूहमा भर्ना भए । 

 

“गोली चलाउन र लुटपाट गर्न मलाई बाध्य तुल्याइयो,” समूहमा रहेका बखतका अनुभूति उनी यसैगरी सुनाउँछन् । अहिले बाबा जोन १५ वर्ष पुगिसके । उनी युनिसेफद्वारा सञ्चालित एउटा कार्यक्रममार्फत हतियार छाडेर सामान्य जीवन बिताउने तरिका सिक्दैछन् । अझै पनि यस देशमा बालबालिकालाई लडाकू समूहमा भर्ना गर्ने, हतियारधारी समूह बनाउने र अपहरण गर्नेक्रम रोकिएको छैन । 

 

युनिसेफका अनुसार, दक्षिण सुडानको झण्डै पाँच वर्षदेखिको गृहयुद्धमा १८ वर्षभन्दा मुनिका करिब १९,००० बालबालिका सेना, विद्रोही लडाकू समूह वा विभिन्न स्थानीय मिलिसियामा भर्ना भएका छन् । 

सन् २०१५ यता करिब ३,००० बालबालिका मात्र छुटेका छन् । 

 

पीडितका अमिल्दा लुगा लगाएर बाबा जोन घर फर्कदा घरमा पत्नी र पाँच बालबच्चा थिए । पिबोर एउटा खुला, समथर जमिन भएको दुर्गन्धित र जर्जर छ । सबैभन्दा ठूलो घर भनेकै सवारी साधन राख्ने ह्याङ्गरजत्रै छन् । 

 

आज, जारी द्वन्द्व र बसोबासको दुरुह अवस्थाका बाबजूद बाबा जोन आशावादी छन् । खाली खुट्टा हिँड्ने र दुब्लापातला यी जोन बाबा आजभोलि काँचा किसान भएका छन् । उनी बालीनाली लगाउने, हुर्काउने र काट्ने तरिका सिक्दैछन् । 

 

“म अब किसान हुन चाहन्छु ताकि म मेरो परिवार पाल्न सक्नेछु,” उनी भन्छन् । 

 

उनीहरुका लागि मिल्दो शैक्षिक कार्यक्रमको निर्माण र नयाँ सीप सिकाईले यी पूर्व बाल सैनिकलाई मनोवैज्ञानिक राहतमा मद्दत गरेको छ, पिबोरमा परोपकारी कार्यक्रम सञ्चालन गरिआएको भेट्स विदाउट बोर्डर्स ९भीएसएफ० जर्मनीकी मुरागुरी वाचिराले भने । 

 

“हाम्रो सम्पर्कमा अहिले १,५०० बालबालिका आएका छन्,” उनी भन्छिन् । 

 

बाबा जोनमा अरुमा झैं लडाइँ छाडेर सामान्य जीवन बिताउन सकिएला त भन्ने दुःस्वप्न छ । 

छ वर्षअघि दश वर्षकी मार्था पनि आमासँगै कोब्रामा भर्ना भइन् । “हाम्रो झण्डै पूरै गाउँका मानिस त्यसबखत झाडीमा लुक्न गएका थिए,” उनी भन्छिन् । भोक र असुरक्षाबाट भयाक्रान्त मानिसहरु सशस्त्र समूहबाट जोगिन झाडीमा लुक्नुपरेको दृश्य उनको आँखा अगाडि ताजै छ । 

 

केही वर्षसम्म उनले मिलिसिया लडाकूका लागि सामान बोक्ने र खाना पकाउने काम गर्नुपरेको थियो । पछि, आमासँगै घर फर्किदा उनलाई विगतको घरपरिवार, समाज र स्थानीय अवशेष पनि भेट्न मुश्किल भयो । “हाम्रो घर नै थिएन । घरमा आगो लगाइएको थियो । हामीले नयाँ जीवन सुरु गर्नुपर्ने अवस्था भयो,” उनी भन्छिन् । 

 

मार्थाको सपना अहिले सवारी चालक बन्ने छ । उनी अब कहिल्यै मिलिसिया जीवनमा नफर्कने सोचमा पुगेकी छिन् । 

 

तर यो त्यति सहज कहाँ छ र । 

 

दक्षिण सुडानमा जीवन निकै कष्टसाध्य छ, र अहिले अर्को निकै लामो र विध्वंसात्मक गृहयुद्ध जारी छ । धेरै बाल सैनिकका निम्ति मिलिसियामा भर्ना हुनु पनि बाँच्ने एउटा बुद्धिमानी तरिका हो । “यहाँ अहिले पनि सुरक्षा छैन र हामीसँग खानेकुराको पनि चरम अभाव छ,” बाबा जोन भन्छन् । 

 

“मैले गाउँ फर्किएका धेरै मानिसलाई भेटेकी छु,” मार्था भन्छिन् । “उनीहरु भोकभोकै छन्, जीवनको आशा मारेर भौंतारिइरहेका छन् ।” 

 

अहिले १८ वर्ष पुगेका थोमस धेरै वर्षदेखि सशस्त्र समूहमा भर्ना हुँदै फर्किदै गरिरहेका छन् । “मैले सबै कुरा देखेको छु: लडाइँ, हत्या, लुटपाट,” उनी भन्छन् । 

 

थोमसको सपना नै स्थानीय सरकारी कर्मचारी हुने रहेको छ । उनी बाल अधिकारको पक्षमा पैरवी गर्न चाहन्छन्, तर जीवनमा एउटा कुरा सिकेकाले उनीमा कुनै कुरा पनि निश्चित छैन । 

 

“म मिलिसियामा भर्ना हुन फेरि त जान्नँ,” उनको भनाइ छ । “तर सुडानमा के हुन्छ तपाइँलाई कहिल्यै थाहा हुन्न । 

 

हामीमाथि फेरि आक्रमण हुन सक्दछ र त्यसपछि ज्यादै कम मात्र विकल्प बाँकी रहन्छः हामीले कि त भाग्नु पर्दछ, लुक्नु पर्दछ वा प्रतिरोधका लागि लड्नु पर्दछ ।” अनुवादः सोमनाथ लामिछाने 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 6 hours ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 7 hours ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 12 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।