उत्तर कोरियाली उच्च अधिकारी बेइजिङमा, बुधबार अमेरिका जाने

बेइजिङ । उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बुधबार चिनियाँ राजधानी बेइजिङ पुगेको समाचार छ । 

 

अमेरिकाको लागि हिँडेका उनी बुधबार बेइजिङ पुगेको र यहाँका अधिकारीसँग आवश्यक परामर्श भेट गरेका छन्। उनले चिनियाँ अधिकारीसँग भेटगरी प्रस्तावित सिंगापुर वार्ताको बारेमा जानकारी गराएको बताइएको छ । 

 

आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने तय भएको छ । सोही प्रयोजनका लागि उनी त्यसतर्फ लागेका हुन् । 

 

चीनको राजधानी बेइजिङ्स्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई चिनियाँ अधिकारीले स्वागत गरेका थिए । जर्नेल किम उत्तर कोरियाली नेता किम जोङ उनका विश्वासपात्र पनि हुन् । 

 

दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले उनले चिनियाँ अधिकारीसँग भेटवार्ता गरेको समाचार दिएको छ । 

 

उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली जर्नेलले अमेरिका र उत्तर कोरियाकाबीच हुनलागेको सो शिखर वार्ताको बारेमा चिनीयाँ अधिकारीसँग परामर्श गरेको थियो । 

 

बुधबार नै अमेरिका जाने 

 

उत्तर कोरियाली अधिकारी किम यसै वार्ताको आवश्यक तयारीका लागि उत्तर कोरियाली नेता किमको विशेषदूतका रुपमा बुधबार अमेरिकाका लागि प्रस्थान गर्ने बताइएको छ । 

 

प्राप्त समाचारअनुसार उनले यस विषयमा चिनियाँ अधिकारीलाई जानकारी गराएर अमेरिकी अधिकारीसँग भेटवार्ताका लागि अमेरिका प्रस्थान गर्नेछन् । 

 

अमेरिकामा रहँदा उनले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँग आवश्यक भेट र परामर्श गर्ने छन् । सो कुराको जानकारी अमेरिकाले दिएको छ ।

 

उता आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली अधिकारी चोल अमेरिका आउँदै गरेको बताएका छन् । उनले बुधबार ट्वीट गर्दै उत्तर कोरियाली अधिकारी अमेरिका आउँदै गरेको र उनी बाटोमै रहेको जानकारी दिएका छन् । 


थप समाचार

लिभरपुलले साउथह्याम्पटनलाई हरायो

  • 6 minutes ago
लिभरपुलले साउथह्याम्पटनलाई हरायो

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० गोलले पराजित गरेको छ ।

कार्डिफ सिटीको पोस्टमा म्यान्चेस्टर सिटीको ५ गोल

  • 11 minutes ago
कार्डिफ सिटीको पोस्टमा म्यान्चेस्टर सिटीको ५ गोल

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर सिटीले कार्डिफ सिटीलाई ५–० गोलले पराजित गरेको छ । कार्डिफको घरेलु मैदानमा सम्पन्न खेलमा रियाद महरेजले दुई गोल गरे भने

प्रहरीको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई

  • 33 minutes ago
प्रहरीको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई

काठमाडौं । सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।