किन रुष्ट छ उत्तर कोरिया ?

एजेन्सी । बुधबार बस्ने भनेको उच्चस्तरीय बैठक एकाएक रद्द गरेपछि विश्व राजनीतिमा नयाँ टुइस्ट दिएको उत्तर कोरियाले अब अमेरिकासँग जुन महिनामा गर्ने भनिएको वार्ता के गर्छ सबैको चासोको विषय बनेको छ ।


अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यास मात्रै यसको कारण नभएको पछिल्लो मिडिया रिपोर्टमा उल्लेख छ । उत्तर कोरियालाई अमेरिकाले पारमाणविक हतियारहरु नष्ट गरेमा अमेरिकाले सहयोग गर्ने बताउँदै आइरहेको थियो ।

दक्षिण कोरियासँग गरिने सैन्य अभ्यास पुर्व तालिकाअनुसार नै भएको सुरक्षाविद्हरु बताउँछन् । यसले उत्तर कोरियासँग गर्ने वार्तालाई फरक नपार्ने बताउँदै आइरहेका सुरक्षाविद्हरु उत्तर कोरिया अर्कैै कुरामा रुष्ट रहेको बताउँछन् । पछिल्लो समय अमेरिकाले उत्तर कोरिया सामु पेश गरेका विभिन्न मागले पनि रुष्ट रहेको बताइएको छ ।


उत्तर कोरियाले लामो समय परमाणु हतियार निर्माण गर्न खर्चेको छ । यसैको भरमा विश्व थर्काउने काम उत्तर कोरियाले गर्दै आइरहेको थियो । तर, अमेरिकाको माग अनुसार उनीहरुले ती सबै परमाणु हतियार नष्ट गर्नु पर्नेछ ।


आइतबार जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाको तुलना लिबियासँग गरे तब उत्तर कोरियाका अधिकारीहरु भड्किएका थिए । लिबिया सरकारले आफ्नो अस्तित्व त जोगाउन सकेन, आफ्नो नेता पनि गुमाउन पुग्यो ।


यो सबै त्यही विषयमा आधार रहेर व्याख्या गरिएको र त्यसको गलत अर्थ बुझिएको अमेरिकी सुरक्षाविद्हरुको भनाइ छ ।


महिनादिनसम्म विश्वलाई उत्तर कोरियाले परमाणु हतियार नष्ट गर्छ भनेर सुनाइयो तर धेरै सुरक्षाविद्हरुले भने यसमा आपत्ति जनाएका थिए ।


उनीहरुले यसमा अमेरिकाले र उत्तर कोरियाले कस्तो मतलब निकाल्छन् त्यसमा धेरै फरक पर्ने बताएका छन् ।


अमेरिका चाहन्छ कि उत्तर कोरिया एक समय अवधिभित्र परमाणु हतियार नष्ट गरोस् र अमेरिकाबाट आर्थिक पुरस्कार पाओस् ।


तर, परमाणु हतियारबाट मुक्त हुने विषयमा उत्तर कोरियाको बेग्लै परिभाषा रहेकोछ । उत्तर कोरिया यसलाई पुरै प्रायद्विपको हिसाबले मानिरहेको छ ।


यसको अर्थ अमेरिका र दक्षिण कोरियामा अड्डा जमाएको सैनिकको संख्या कम गर्न र यस क्षेत्रमा लगाइएको परमाणु क्षेत्र त्यसलाई पनि छोड्नुपर्नेछ ।


यदी उत्तर कोरिया आफ्नो हतियार छोड्छ भने अमेरिकाले उत्तर कोरियाको सुरक्षा ग्यारेन्टी पनि दिनुपर्नेछ ।


यस्ता यावत् विवादका बिच ऐतिहासिक सम्मेलन मार्फत शान्ति स्थापित हुन्छ भन्ने सुरक्षाविद्हरु शंकामा रहेका छन् ।


एसान इन्सिट्युटका गो म्योग ह्युनका अनुसार डोनाल्ड ट्रम्पले उत्तर कोरियाको के कस्तो मनस्थिति छ त्यसबारे बुझ्ने मौका पाएको छ ।


त्यस्तै उनी भन्छन्,यस्तो लाग्छ अमेरिका यस बाहेक अरु कडा मागहरु गरिरहेकोछ जुन उत्तर कोरियालाई कत्ति पनि मन परेको छैन ।’ यही आधारलाई लिएर उत्तर कोरियाले भनेको छ,‘अमेरिकाले यस्तै मागहरु जुन हामीलाई मनपर्दैन यस्तै माग राखेमा हामी वार्तादेखि पछि हट्नेछौ ।’


तर, पछिल्लो समय भएको वार्तालापले पनि एउटा समझदारी हुनेमा केही सुरक्षा विद्हरु आशावादी रहेका छन् ।

 


थप समाचार

घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

  • 5 minutes ago
घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

काठमाडौँ । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमियोनले माफी मागेका छन् । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युभेन्ट्सविरुद्ध आफ्ना खेलाडी जोसे गिमिनेजले गोल गरेपछि सिमियोनले दुई हा

नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

  • 16 minutes ago
नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

काठमाडौँ । मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक भएको छ ।

‘मिस नेपाल पिस’को सातौ संस्करण सुरु

  • 20 minutes ago
‘मिस नेपाल पिस’को सातौ संस्करण सुरु

काठमाडौँ । स्काइफल ‘मिस नेपाल पिस’को सातौ संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला भएको जनाएको हो ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।