किमसँगको भेट पहिले नै ट्रम्प र आबेबीच भेटवार्ता हुने

Education Park

टोकियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको शिखर वार्ता अगाडि नै जापानका प्रधानमन्त्री सिन्जो आबेले भेट्ने भएका छन् ।

 

आवेले शिखरवार्ता भन्दा अगाडि नै आफरूहरुका बीचमा भेटवार्ता हुने सहमति भएको सोमबार जानकारी दिएको जापानी समाचार संस्था क्योेदोले जनाएको छ । 

 

ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको शिखर वार्ता आगामी जुन १२ मा सिङ्गापुरमा हुने भनिएको छ । 

 

यसअघि भङ्ग होलाजस्तो भएको शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी दुबैतर्फका अधिकारीहरुले सुरु गरेका छन् । 

 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि अहिले वार्ताको आवश्यक तयारी शुरु भएको जनाएको छ । 

 

वार्ताको तयारीकै लागि अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । 

 


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 5 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 12 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 12 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।