पर्वतमा भेटिएकाे दुर्लभ सर्प कालीनाग भएको पुष्टि

फाइल फाेटाे

पर्वत । जिल्लामै पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ ।

 

कुश्मा नगरपालिका वडा नं. १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प सर्प संरक्षक महेन्द्र कातिलाको पहलमा संरक्षण क्षेत्रमा लगिएको हो । 

 

संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु राजगोमन अर्थात् कालीनागले समेत चिनिने किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको छ । 

 

उक्त सर्पलाई पोखराबाट आएका तीन प्राविधिक कातिला, रोशन गिरी र रवीन्द्र विश्वकर्मा तथा डिभिजन वन कार्यालय पर्वतबाट खटिनुभएका चूडामणि बराल, गोविन्द पौडेल र ईश्वर पुरीले कालीनाग भएको पुष्टि गरेका थिए । 

 

जिल्लामै पहिलो पटक यति ठूलो सर्प अहिलेसम्म देखिएको थिएन । उक्त सर्पलाई प्राविधिकले उपयुक्त बासस्थानमा छाडिएको बताएका छन् । 

 

शनिबार बस्ती नजीकैको बारीमा देखिएको उक्त सर्प आइतबार बिहान स्थानीयवासी चक्रपाणि सुवेदीको घरको कोठामा बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । 

 

यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा शनिबार अपराह्न ३ बजे स्थानीयवासीले बारीमा देखेका थिए । यस क्षेत्रमा पाइने अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर त्यसले खाएको थियो ।

 

तराई क्षेत्रमा पाइने सो प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक कातिलाले बताए । साना र सामान्य खालका सर्प मात्र देखिने गरेको क्षेत्रमा ठूलो प्रजातिको सर्प घरभित्रै पसेपछि स्थानीयवासी त्रसित बनेका थिए । 


थप समाचार

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

  • 5 minutes ago
नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

काठमाडौं/एजेन्सी । ब्रिटिश मेडिकल जर्नलमा छापिएको एक अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ । तर अनुसन्धानकर्ताहरुले कफीकै त्यसको

आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

  • 39 minutes ago
आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

दाङ । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको

नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

  • 43 minutes ago
नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

काठमाडौं । नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सु



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

काठमाडौं/एजेन्सी । ब्रिटिश मेडिकल जर्नलमा छापिएको एक अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ । तर अनुसन्धानकर्ताहरुले कफीकै त्यसको कारण भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन् ।