IIMS College

ISMT

HUB Education

सञ्चार जगतले पनि राज्यको दायित्व पूरा गर्नुपर्छः मन्त्री गुरुङ

  • शनिबार, जेष्ठ, २०७६
  • 9 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कास्की । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह  गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा आज पोखरामा शुभारम्भ गर्दै उहाँले समग्र पत्रकार एवं सञ्चार जगतले राज्यसँग जे अपेक्षा गरेको हुन्छ सोही अनुसार सञ्चार माध्यमले पनि योगदान पु¥याउनुपर्ने उनको भनाइ थियो ।  

।  

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयकले संविधानको प्रस्तावना अनुकुल नभएको र  लोकतान्त्रिक आन्दोलनको म्याण्डेट विपरीत रहेकाले महासङ्घ र सिङ्गो नेपाली मिडिया आन्दोलनमा उत्रनु परेको बताए । राष्ट्रिय सूचना आयोगका आयुक्त एशोदा तिमिल्सिनाले सूचनाको हक प्रयोग गर्न र सार्वजनिक सरोकारका  विषयमा आम नागरिकले चासो लिनुपर्ने सुभाव दिए ।  प्रदेशसभामा प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले सूचनालाई बन्देज गरिए लोकतन्त्र सुदृढ नहुने भएकाले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव उभिने स्पष्ट पारे । 

 

कार्यक्रममा गण्डकी प्रदेभसभा सदस्य हरिशरण आचार्य, महासङ्घ प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेल, महासचिव गणेश पौडेललगायतले कुनै पनि बहानामा  प्रेस  स्वतन्त्रतालाई कुण्ठित पार्न नहुने  र सञ्चारकर्मीले पनि आचारसंहितामा रहेर मर्यादित र तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको थियो । साधारणसभामा महासङ्घ गण्डकीको पहलमा अमेरिका निवासी भीष्म अधिकारीबाट प्राप्त रु तीन लाख तथा पोखरा समाज सिड्नीका महासचिव दीपक पहारीबाट प्राप्त रु १० हजार सहयोग केही दिनअघि आगलागीबाट क्षति पुगेर प्रशारण बन्द भएको पर्वतको सामूदायिक रेडियो ‘रेडियो पर्वत’ का अध्यक्ष भोलानाथ शर्मालाई हस्तान्तरण गरिएको थियो । 

 


थप समाचार

सबल बन्दै विद्युत् प्राधिकरण, नाफा १० अर्ब ६७ करोड

  • 9 seconds ago
सबल बन्दै विद्युत् प्राधिकरण, नाफा १० अर्ब ६७ करोड

काठमाडौँ । नेतृत्वको सचेत पहल हुने र इमान्दार भएर काम गर्ने हो भने समस्याको भूमरीमा फसेको सरकारी स्वामित्वको संस्थान पनि एक पछि अर्को गर्दै उच्च मुनाफा कमाउने संस्थाको रुपमा स्थापित हुन सक्छ । यस्तै भ

जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

  • 29 minutes ago
जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

एजेन्सी । कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

कोरोना कोषमा कसले कति जम्मा गरे ?

  • 30 minutes ago
कोरोना कोषमा कसले कति जम्मा गरे ?

काठमाडौँ । नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी नदी ।’ यस्तै भएको छ, सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्नेहरु दिन दिनै बढीरहेका छन् । प्रधानमन्त्री तथा मन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।