म अष्ट्रेलियामा गैरकानुनी रुपमा बसिराखेको छु, मेरो लागि केही विकल्प हुनसक्छ ?

Education Park

sanjeev pandeyगएको वर्ष मेरो स्टुडेन्ट भिषा क्यान्सल भएको थियो । त्यसपछि म बिना भिषा बसिरहेको छु । मेरी गर्लफ्रेन्ड अस्ट्रेलियन नागरिक हुन् र हामीहरू १५­१६ महिनादेखि सँगै बसिरहेका छौ । मैले मेरो भिषाको बारेमा उनलाई केही पनि बताएको छैन । म आफू गैरकानुनी रूपमा बसिरहनु परेकोमा चिन्तित छु । मेरो लागि कुनै उपाय छ कि ? 

 

मेरो विचारमा सबैभन्दा पहिले तपाईंले आप्mनी गर्लफ्रेण्डलाई आफ्नो स्थितिको बारेमा खुलस्तसँग बताउनु उपयुक्त हुन्छ । साधारणतयाः कुनै पनि मूल भिषा (जस्तैः विद्यार्थी भिषा, टुरिस्ट भिषा आदि) अस्विकार वा क्यान्सल भएको व्यक्तिले अस्ट्रेलियाभित्रै रहेर अर्को मूल भिषाको लागि आवेदन दिन मिल्दैन । तर, पार्टनर भिषाको हकमा भने यो नियमलाई खुकुलो बनाइएको छ । तपाईंको हकमा हेर्दा तपाईंले पार्टनर भिषाको लागि आवेदन दिन मिल्ला जस्तो  देखिन्छ ।  

 

भिषा क्यान्सल वा रद्द भएको व्यक्तिले पार्टनर भिषाको लागि आवेदन दिँदा पूरा गर्नुपर्ने अरू थप केही मापदण्डहरू छन् । ती हुन् ः

 

१. तपाईं अस्ट्रेलिया आउनु भएपछि तपाईंको पाटर्नर भिषा रद्द भएको हुनु हुँदैन । 

२. माइग्रेशन ऐनको सेक्सन ५०१ अनुसार चारित्रिक आधारमा तपाईंको भिषा रिप्mयुज वा क्यान्सल भएको हुनु हुँदैन । 

३. तपाईंले आफ्नो आवेदनसाथ फाराम नम्बर ४० एसपी संलग्न गरेको हुनुपर्दछ। तपाईंको हकमा यो फाराम तपाईंकी डि प्mयाक्टो पाटर्नर (तपाईंकी गलफ्रेण्ड)ले भरेको हुनु पर्दछ ।

४. तपाईंले आफ्नो आवेदनसाथ दुई जना अस्ट्रेलियन नागरिक, यहाँका पीआर वा योग्यता पुगेका न्युजिल्याण्डका नागरिकले तपाईंहरूको सम्बन्धको बारेमा उल्लेख गरेर भरिदिएको फाराम नम्बर ८८८ संलग्न गरेको हुनुपर्दछ । 

 

तर यी शर्तहरू पूरा हुँदैमा तपाईंले पीआर पाउने भन्ने ग्यारण्टी भने हुँदैन। तपाईंले पाटर्नर भिषाका अन्य शर्तहरू पनि पूरा गरेको हुनुपर्दछ। माइग्रेशनसम्बन्धी परामर्श दिने वकिल वा माइग्रेशन एजेण्टले तपाईंलाई यसबारेमा विस्तृत सल्लाह दिनसक्छन्।

 

 


थप समाचार

भारतीय कांग्रेस प्रदेश प्रवक्ताकाे गोली हानी हत्या

  • 11 minutes ago
भारतीय कांग्रेस प्रदेश प्रवक्ताकाे गोली हानी हत्या

एजेन्सी । भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीलाई गोली हानेर हत्या गरिएको छ। हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्तालाई कारमा सवार भइराखेको अवस्थामा अज्ञात दुई व्यक्तिले गोली हानी हत्या गर

आरन व्यवसायबाटै मनग्य आम्दानी

  • 16 minutes ago
आरन व्यवसायबाटै मनग्य आम्दानी

सुर्खेत । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्ने गरेको बैतडीका ५८ वर्षीय धनीराम ओडले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

भारत र वेष्ट इन्डिजबीचको खेल सुरु

  • 24 minutes ago
भारत र वेष्ट इन्डिजबीचको खेल सुरु

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारत र वेष्ट इन्डिजविरुद्धको खेल सुरु भएको छ । म्यान्चेस्टरस्थित वल्ड ट्राफोर्डमा सुरु भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको छ । वेष्ट इन्डिजले भन



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।