IIMS College

ISMT

HUB Education

संसारभरका किरात राईहरुको सम्मेलन बेलायतमा हुँदै

  • आइतबार, २६ माघ, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लन्डन । संसारभरका किरात राईहरुको  तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा आयोजना हुने भएको छ ।

 

आगामी मे महिनाको २४ देखि २६ तारिखसम्म तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको आयोजकले जनाएका छन् । 

 

किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको  आयोजना रहने सम्मेलनको  व्यवस्थापन किरात राई यायोक्खा बेलायतले गर्नेछ ।  

 

किरात राई यायोक्खा बेलायतले शनिबार लन्डनमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्रम तयारीबारे  जानकारी गराएको  छ ।  

 

सम्मेलनमा प्रमुख अतिथीका रुपमा भारत सिक्किम प्रान्तका भूतपूर्व मुख्यमन्त्री पवन चाम्लिङ सहभागी हुने छन्  । २४ मेका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्मेलन उद्घाटनपछि २५ र २६ मेका कार्यक्रम लन्डन हयारो बरो फुटबल क्लवमा हुने किरात राई यायोक्खा बेलायतकी अध्यक्ष कल्पना राईले जनाइन् ।

 

सम्मेलनमा बेलायतबाहेक नेपाल, भारत, अमेरिका, अष्ट्रेलिया, हङकङ, कतार, मलेसिया, जापान, कोरिया लगायतका विभिन्न १६ देशबाट एक सय बढि  प्रतिनिधि सहभागी  रहनेछन्  । 

 

विश्वभरका किरात राईहरुबीच भाइचारा सम्बन्ध अभिवृद्धि एवं एकताको सूत्रमा समेट्न, किरात राईको २८ भाषा प्रयोगमा रहेपनि केही भाषा लोप हुंदै गएकाले त्यसलाई जोगाउन, किरात राईहरुले मान्ने पूजाआजा र प्रमुख चाड जस्तै साकेला, साकेन्वा, तोषी, वास, भूमेपूजा, खोलापूजा, चुल्हापूजा आदिको संरक्षण एवं सम्वर्धन गर्न, किरात राईहरुको विशिष्ट मौलिक संस्कार र संस्कृतिलाई अक्षुण्ण राख्न, किरात राईहरु जहां बसेपनि आफ्नो मुल थातथलोसंगको सम्बन्ध कायम राख्न तथा विभिन्न कालखण्डका ऐतिहासिक, धार्मिक, सामाजिक, पुरातात्विक महत्वका अवशेषहरुको खोजी, पहिचान, संरक्षण र संवर्धन गर्न सम्मेलन केन्द्रित हुने अध्यक्ष राईले जनाइन् ।   

 

पहिलो सन् २०११ मा नेपाल, दोश्रो सन् २०१५ मा भारतको सिलिगुडी र तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा हुन लागेको हो ।



कार्यक्रममा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले सम्मेलन अघि २३ मेमा बेलायतमा आयोजना गर्न लागिएको किरात राईहरुको महान चाड साकेला उभौली ५०८० बारे अवगत गराएका थिए । राईले विश्वभरबाट आएका अतिथीहरुको सहभागितामा साकेला उभौली विविध सांस्कृतिक कार्यक्रमसहित मनाइने जनाए ।

 

किरात राई यायोक्खा बेलायत आफैंले वकिङमा खरिद गरेको १४७ रोपनी जग्गामा साकेला उभौली गरिनेछ । सो कार्यक्रमका लागि नेपालबाट राष्ट्रिय कलाकारहरुसमेत झिकाउने योजना बनाएका छन् । 

 

कार्यवहाक महासचिव नरेश काङमाङ राईले सम्मेलनमा करिब ३० लाख रुपैयां खर्च हुने जनाउंदै आर्थिक श्रोत जुटाउन यही २२ फेब्रुअरीमा लन्डन हयारो बरो फुटबल क्लवमा रात्रीभोजसहित सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।

 

बेलायतमा रहेका १४ वटा प्रारम्भिक कमिटी र १७ देशमा रहेका शाखाबाट आर्थिक सहयोग मागिने पनि राईले बताए । अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन जिम्मा लिएको किरात राई यायोक्खा बेलायतले कार्यक्रममा नैतिक, भौतिक तथा आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेको छ । 

तस्बिर शिव भण्डारी


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 3 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 3 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 3 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।