IIMS College

ISMT

HUB Education

चौथो राष्ट्रिय कृषियान्त्रीकरण प्रर्दशनी र साना किसानको पहुँच

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

नेपाली अर्थतन्त्रको प्रमुख मेरुदण्डको रुपमा रहेको नेपालको कृषि क्षेत्र ८०% ग्रामिण क्षेत्रमा रहेका ६५% मानिसको सहभागीतामा चलिरहेको छ । ति ग्रामिण क्षेत्रमा बसोबास गर्ने ६५% मानिस भनेका गरिव साना किसान भुमिहिन सिमान्तकृत तथा महिला हुन भन्नमा दुई मत छैन किनभने जमिन भएका जमिनदारहरु खेती गर्दैन, उनीहरु कि विदेश पलायन छन् कि उनीहरु शहरमा बसोबास गर्दछन्, कि अन्य पेशा व्यवसायमा संलग्न छन् । गरिव र महीला प्रत्यक्ष संलग्न रहेको, टुक्रीयको जमिनको अवस्था पहाडी धरातलको कारण झन्डै ८/१० वर्षको इतिहास बोकेको कृषिमा यान्त्रीकरण :

 

के नेपाली कृषकको पहुँचमा छन् त ? 

के गरिव साना तथा महिला मैत्री छन् ? 

के ८÷१० वर्षको इतिहासले कृषिमा सकारात्मक परिवर्तन ल्यायो त ?

पहाडी तथा खण्डीकृत जमिनलाईमा सहज प्रयोग छ त ?

के साच्चै नै कृषियन्त्रमा किसानलाई दिने गरेको अनुदान वास्तविक कृषकले पाएका छन् त ?

यो कृषकले कृषि यन्त्रमा पाएको अनुदान वास्तवीक अनुदान हो त  ? 

आफ्नो देशको मौलीक प्रविधिलाई सुधारेर पनि त कृषिमा यान्त्रीकरण गर्न सकिने थियो होला नी ?

यस्ता अनुतरित प्रश्नहरुलाई खोतल्ने प्रयाश गरेको छु ।

झन्डै ३२% राष्ट्रिय कुल ग्राहस्त उत्पादनमा योगदान पु¥याएको कृषि क्षेत्रमा ठुला र व्यवसायीक कृषकका भन्दा साना भुमिहिन र महिला कृषकका योगदानको महत्वपुर्ण भुमिका छ भनेर गर्वका साथ भन्न सकिन्छ किनभने नेपालमा व्यवसायीक र ठुला किसानको तुलनामा यिनीहरुको संख्या र सम्लग्नता धेरै हुनु खण्डीकृत भुधरातलको कारण र समुह  र सहकारीको अवधारण अन्तरगत गरिने खेतीपाती प्रचलन प्रभावकारी रहेको छ ।

 

थोपाथोपा मिलेर समुन्द्र बन्छ भने  जस्तै यसरी पारीवारीक योगदानको आधारमा उत्पादन भएका कृषी तथा पशुजन्य उत्पादन र समुह तथा सहकारी अन्तरगत सामुहीक भावनाको विकास गराई गरिएको उत्पादनले नै देशको अर्थतन्त्रमा योगदान दिइरहेको हो । यस किसानको खेती प्रविधिमा मौलीक ज्ञान शिप र प्रविधिको प्रयोग मौलीक संस्कृतिक प्रचलन स्थानिय साधन र स्रोतको प्रयोग स्थानिय विउ विजन र प्राकृतिक स्रोतहरु जल जमिन र जंगल र जनशक्तिको प्रयोगले गरिएको उत्पादनको लागत खर्चकम र खुद उत्पादकत्व धेरै हुनेगर्छ जसले गर्दा देशको ग्रामीण क्षेत्रमा बसोबास गरिरहेको ६५% मानिसलाई आत्म निर्भर बनाएको छ भने देशको एक तिहाई भन्दा बढी मानिसको लागि खाद्यन्न फलफुल तरकारी र पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाएको छ ।

 

 

जस्ले देशको कृषि बस्तु आपतमा महत्वपूर्ण भुमिका निर्वाह गर्छ तर देशले कृषिमा यान्त्रीकरण गर्ने कै निम्ती कृषि औजारहरु नेपालमा भित्राउन थालेका ८÷१० वर्ष भयो तर यी औजारहरु नेपालमा बास्तव मै खेती गरि रहेका किसानको पहुँचमा हुन सकेका छैन किनभने सर्वप्रथम साना किसानहरुलाई कस्ता कृषि यन्त्रहरु बजारमा आयको छ , कसरी प्रयोग गर्ने, विग्रीयो भत्कीयमा मर्मत कहाँ गर्ने र यस्ता औजारमा सरकारले अनुदानको पनि व्यवस्था गरेको छ भन्ने जानकारी नै पाउन सकेमा छैनन् ।

अर्को कुरा साना किसानहरु आफ्नो खेतीपाती, बस्तु भाउँबाट आफ्नो परिवारको लागि रोजगारीको व्यवस्था मिलाइ रहेका हुन्छन्, भने यस्ता औजारहरुले कृषकको परिवारमा बेरोजगारी श्रृजना समेत गराउन सक्छ । अर्काे कुरा नेपालको पहाडी धरातलमा कहीले माथी कहिले तल कान्ला मुनि पु¥याउनु पर्ने साना साना गराहरुमा काम गर्न शत प्रतिशत आधुनिक औजारले काम गर्न मिल्दैन त्यसको लागि मानिसको नै आवश्यकता पर्दछ ।

 

अर्काे कुरा गाँउमा काम गर्नेहरु अब बुढा बुढी महिला केटाकेटी मात्र रहेको हुदा यस्ता आधुनिक कृषि औजारलाई तयारी अवस्थामा राख्नु मर्मत संहार गर्नुका साथै प्रयोग गर्न पनि महिलाहरुले मात्र गर्न नसक्ने अवस्था देखिन्छ भने यस्ता यावत देशको बास्तविक अवस्थालाई मध्य नजर गरेर हामीले हाम्रो आफ्नो देशमा प्रयोगमा आइ रहेको स्थानिय मौलिक प्रविधिहरुलाई सुधार गरेर साना, महिला किसान मैत्री प्रविधि विकास गर्न सके जस्तै ः भुधरातललाई सुहाउदो जमिन तयार गर्ने कृषि औजारहरु, विउ संरक्षण तथा भण्डार प्रविधि खाद्यन्न भण्डारण प्रविधि घुसुवा वाली घुम्तीवाली प्रविधि कम्पोष्ट मल बनाउनृ प्रविधि, जडिबुडि बनस्पतिक विषादी प्रयोग गरि वाली संरक्षण गर्ने प्रविधि    ढुवानी गर्ने प्रविधि, सिँचाइका प्रविधि उत्पादीत बस्तुबाट गुुन्द्रुक अचार, मसौरा, सिन्की बनाइ घुसुवा वाली प्रयोग गर्ने प्रविधि दुधबाट दहि, घ्यू, छर्पी, खुवा बनाउने प्रविधि, ढिकी पम्प, गोरुगाढा, ठेला हलोकुटो कोदालो डोको नाम्लो, जातोढिकी हाम्रो देशको भुपरिवेश र स्थानिय संस्कृति झल्कने प्रविधिलाई पुरै विस्तापित गरेर अन्य मुलुकको देखासिखि गरेर भित्राइएको यस्ता कृषि यन्त्रहरुले देशको ८०% गाँउमा कृषि कर्म गरेर थोपा थोपा गरेर समुन्द्र बनाउन सहयोग पु¥याउने,  देशको कृषि अर्थ तन्त्रको मुख्य मेरुदण्डलाई कुनै पनि हालतमा राहात पुग्ने छैन यो प्रविधि कौवालाई बेल पाकेर हर्ष न विस्मात मात्र बन्न पुग्छ भन्ने मेरो तर्क हो ।

 

बरु देशले आफ्नो देशको कृषकले स्वीकार गर्न सक्ने सहज रुपमा प्रयोग गर्न  सक्ने गरि देशकै मौलिक प्रविधिमा सुधार ल्याउन सकेको भए देशलाई कसरी रैथाने विउ संरक्षण, रैथाने प्रविधि संरक्षणको नारा बनाई रैथाने प्राकृतिक स्रोत साधनको प्रयोग गरि रैथाने  प्रविधिमा सुधार गरेर सुधारीएको प्रविधि निर्माण गर्न तिर लगानी गर्न सकेको भए देशको ८÷१० वर्ष इतिहासमा कृषि औजार आयातमा गरिएको अरवौको लगानी साथै ८÷१० वर्षमा कृषि बस्तु आयातको दरमा पनि भएको उतिकै अरवौ लगानीको  दरलाई कम गर्न सक्नुको साथै आफ्नै देशामा उत्पादन भएको कृषि औजारको भविश्य पनि दिगो हुने भएकोले यि औजारको प्रयोगले नेपालको कृषि अर्थतन्त्रलाई दिगो रुपमा विकास गर्न मद्यत पु¥याउने थियो भने आफ्नै देशमा उत्पादन गरिएका प्रविधिहरुको प्रचार प्रसार गर्न कुनै अरवौको प्रर्दशन गर्न जरुरि पनि नहुने र आफ्ना आफन्त नातागोता साथी भाई माइती मावली गर्दा अर्मपर्म र अ‍ैचो पैचौ गरि काम चलाउन पनि सकिने भएकोले छिटो प्रसार प्रचार भै स्वतह प्रयोगमा आउने मौलीक प्रसार प्रविधि पनि हाम्रो देशको लािग उपयुक्त प्रविधि हो भन्ने कुरा हामीले भुल्न नहुने विषय हो भन्न चाहन्छु ।

 

 

सदरमुकाम केन्द्रत  शहर बजार केन्द्रीत यस्ता प्रर्दशनीले बहुसंख्यक दुर दराजमा रही खेतीपाती पशुपालन गरि देशको कुल ग्राहस्थ उत्पादनलाई सहयोग पु¥याई रहेमा यस्ता कृषकले अत्तो पत्तो पनि नपाउने भएकोले यस्ता प्रर्दशनिले कृषकको नाममा राज्यमा अनुदानको खोल ओडेका निकाय र व्यवसायी व्यापारिहरुको जिवन स्तर उकास्नको लागि मात्र कोशे ढुङ्गा बन्न सकेको छ भन्ने कुरा त ८÷१० वर्षको कृषि यान्त्रीकरणको इतिहासको विचमा भएका कृषि तथा पशु बस्तु आयातको तथ्याङ्कलाई हेरेर प्रष्ट पार्न सकिन्छ । कृषि यान्त्रीकरणले नेपालमा खाद्यान्न र कृषि बस्तु उत्पादनमा कति बृद्धि गरेको छ ।

 

हुन त व्यवसायीहरुको बजार भनेको ग्रामीण क्षेत्र नै हो किनभने विश्व कै अवस्था हेर्दा  पनि ग्रामिण क्षेत्रमा मानिसहरु ८० % बसोबास गर्दछन्, त्यसैले नेपालको ग्रामिण क्षेत्रलाई नै केन्द्रीत गरेर नेपालमा यस वर्ष पनि चितवनको भरतपुरमा कृषि यान्त्रीकरण प्रदेश २०७६ आयोजना गरीएको थियो । यस प्रर्दशनीको मुख्य उद्देश्य नेपालमा कृषिमा आत्मनिर्भर बनाई आयात कम गर्नु भन्दा पनि विदेशबाट अरवौको कृषि औजार भित्रायर व्यवसायीहरुले आफ्नो व्यवसायीक सफलता हात पार्नु भन्दा खासैै उपलव्धी होला जस्तो देखीदैन किनभने यस्ता औजारहरु एक पटक खरिद गरे पछि फेरी खरिद गर्न चाहदैन पनि र सक्दैन पनि धेरै सामानहरु टिकाउ पनि छैनन् र प्रयोग गर्न सहज र टिकाउ पनि छैनन

 

देशले थोपा सिँचाई र टनेल खेतीले कृषि क्रान्ती गर्छ भन्छ अनि जमिन खण्डीकरण भयो चक्लाबन्दी गरौ भन्नु 

के टनेल खेती र थोपासिँचाईमा करौडौ खर्च गरेर त्यसका १० प्रतिशत व्याज समेत आम्दानी गर्न नसक्ने ति प्रविधिले कृषिक्रान्ती गर्ला त ? 

अर्काे कुरो चक्लाबन्दी गरी बनाएको फराकीलो जमिन भरि टनेल र थोपासिँचाइ प्रविधि पु¥याउन कम लगानीले होला त ?

मेरो विचारमा विघौ विघा बाँजो राखेर टनेल खेतीमा गरेको उत्पादनले आत्मनिर्भर गर्न सम्दैन र कृषि क्रान्ती पनि गर्न सक्दैन ।

 

 रिता बस्ताकोटी (महा सचिव )

राष्ट्रिय कृषक समुह महासंघ नेपाल  

 


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 6 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 7 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 7 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।