Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठविचित्र विश्वकोरियाली युद्धको बारेमा धेरैलाई थाहा नभएका १० तथ्यहरु

कोरियाली युद्धको बारेमा धेरैलाई थाहा नभएका १० तथ्यहरु


एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध आज पनि उत्तिकै कमजोर रहेको छ । लामो समय युद्धको मार झेलेका यी राष्ट्रहरुले आज पनि आफुलाई शक्तिशाली बनाउने काम बढी प्राथमिकता दिएका छन् । राजनैतिक पृष्ठभुमि पनि फरक रहेका कारण यी देशहरुबीच हुने रिक्तता र तिक्तता झनै बढेको राजनैतिक विश्लेषकहरु बताउँछन् । विश्वका शक्तिशाली राष्ट्रहरु रुस र अमेरिकाले पनि यी देशहरुलाई आफ्नो स्वार्थका लागि सम्बन्ध स्थापित गरेका थिए । यतिमात्र नभइ युद्धमा पनि सहभागि जनाएका थिए ।

१. कोरियाली युद्ध सुरु भएको एक महिना पछि अमेरिकी मेजर जनरल विलियमएफ डिन तेइजोन गएका थिए । उनी एक भिरबाट खसेर ३६ दिनसम्म अचेत भए । पछि उनलाई दुईजना दक्षिण कोरियालीले भेटे उनीहरुले उनलाई सुरक्षित स्थानमा लैजाने भनेर उनलाई उत्तर कोरियाली क्षेत्रमा लगे र युद्ध अवधिभर जेलमा राखियो ।

२. कोरियाली युद्ध सुरु हुन पहिले अमेरिकालाई गुरिल्ला युद्धको ज्ञान थिएन तर पनि उसले ८२४० औं सैनिक इकाइ नामको स्पेशल युनिट बनायो जसमा रेन्जर र अरु द्धित्तिय विश्वयुद्धको अनुभव भएका सैनिकहरु समावेश थिए । त्यो युनिटले जसले स्थानिय छापामारहरुलाई उत्तर कोरियाको सैनिकसँग कसरी लड्ने भनेर तालिम दिएका थिए ।

३.कोरियाली युद्धमा अमेरिकाले पुरानो र नयाँदुवै खाले युद्ध रणनीति अपनाएको थियो । उसले जमिन, समुन्द्र र आकास तिनै क्षेत्रबाट युद्ध गरेको थियो ।

४. सन् १८९६ मै जापानले दुई कोरिया ३८ औं समानान्तर रेखाले आधा–आधा छुट्याउन र रुसलाई उत्तरमाथि नियन्त्रण गर्न प्रस्ताव गर्यो तर रुसले मानेन । दोस्रो विश्वयुद्ध लगत्तै अमेरिकाले त्यही ३८ औं समानान्तर रेखाले छुट्याएर दुई देश बनाउन चाहेको थियो । त्यो पनि सफल भएन । कोरियाली युद्धपछि अहिले एक गैरसैनिक क्षेत्रले दुई कोरियालाई छुट्याएको छ । त्यो नै ३८ औं समानान्तर रेखा हो ।

५. कोरियाली युद्ध धेरै नामले चिनिन्छ । अमेरिकामा यसलाई कोरियाली युद्ध वाँहि बिर्सिएको युद्ध भनिन्छ । उत्तर कोरियाले यसलाई जन्मभूमी मुक्ति युद्ध नाम दिएको छ । दक्षिण कोरियामा युद्ध सुरु भएको दिनलाई आधार मानेर यसलाई सिक्स–टु–फाइभ भनिन्छ । त्यसैगरि चीनले यो युद्धलाई अमेरिकी आक्रमणको प्रतिरक्षा र कोरियालाई सहायता युद्धको नाम दिएको छ ।

६. उत्तर कोरियाली सेनाले युद्ध पहिले नै ३८ औं समानान्तर रेखापार गरेको थियो तर अमेरिकी सिआइएले उत्तर कोरियाली सेनाको कदमलाई रक्षात्मक मानेर आक्रमणको सम्भावना नभएको रिपोर्ट गर्यो । तर, जुन २४ सन् १९५० मा अमेरिकी सरकारको सचिवले राष्ट्रपति ट्रुम्यानलाई उत्तर कोरियाले दक्षिण कोरियामा आक्रमण गरेको समाचार सुनाएका थिए ।

७. अमेरिकाको जापानमा रहेको सैनिकहरु कोरियाली युद्धमा प्रयोग गरिएको थियो । उत्तर कोरियाली सेनाले युद्धको सुरुमै दक्षिण कोरियाली सेनालाई माथ गरिसकेको थियो र जनरल म्याक अर्थरले को आग्रहमा राष्ट्रपति ट्रयुम्यानले जापानमा रहेका आफ्नो सैनिकलाई कोरियामा खटाएका थिए ।

८. कोरियाली युद्धले गोप्य अमेरिकी गोप्य सिग्नल इन्टेलिजेन्स एजेन्सीको लागि सुरुमै विजय प्रदान गर्यो । अमेरिकी आम्र्ड फोर्स सेक्युरिटी एजेन्सी (एएफएएस) को स्थापना रुसको गोप्य सूचना पाउनको लागि गरिएको थियो तर त्यसले रुस विरुद्ध राम्रो काम गर्न नसके पनि उत्तर कोरियाली महत्वपूर्ण प्रशारणहरु प्राप्त गरेर सफलता हात पार्यो । एएफएसएलाई अहिले नेसनल सेक्युरिटी एजेन्सी भनिन्छ ।

९. कोरियाली युद्ध मा आणविक बम खसाल्न अमेरिका तयार भइसकेको थियो । अमेरिकाले चिनले उत्तर कोरियालाई हतियार र सैनिक सहायता गरेमा चीनमाथि आणविक हमला गर्न सेनालाई निर्देशन गरेको थियो । यसैगरी रुसमा पनि आणविक हमला गर्न अमेरिका तयार थियो तर युरोपेली नेताहरुले यदी अमेरिकाले रुसमाथि आणविक हमला गरेमा यही निँहुमा रुसले युरोप कब्जा गर्ने बताँउदै त्यसो नगर्न आग्रह गरेका थिए ।

१०. कोरियाली युद्ध कहिल्यै अन्त्य भएन
सन् १९५३ को जुलाई २७ मा अमेरिकी लेफ्टिनेन्ट जनरल विलियम ह्यारिसन र उत्तर कोरियाली जनरल नाम द्धित्तियले कोरियाली युद्ध अन्त्य गर्ने सहमतिमा हस्ताक्षर गरे तर यो द्धन्द्ध ६० वर्ष पछि पनि कायमै छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोप–२८ः जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि,

चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’

एजेन्सी । इन्डोनेसियाको एउटा होटल हाल चर्चामा छ । सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल

गाजामा हमासको नियन्त्रण समाप्त हुँदै ! इजरायलले गाजाको संसद भवन…

एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध भएको एक महिनाभन्दा बढी भइसकेको छ । इजरायलले हमासमाथि लगातार आक्रमण गरिरहेको छ

किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !

एजेन्सी । उत्तर कोरियाको बारेमा धेरै कम जानकारी बाहिर आउँछ । उत्तर कोरियालाई पुरुष प्रधान देश पनि भनेर चिनिन्छ ।

मुकेश अम्बानीलाई अज्ञात व्यक्तिद्वारा ज्यान मार्ने धम्की

एजेन्सी । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । उक्त व्यक्तिले इमेलमा २० करोड

धौलागिरि अस्पतालमा ४ केजी ७५० ग्राम तौल भएको बच्चाको जन्म

धौलागिरि । धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा

Techie IT