किबी खेती विस्तार हुँदै

  • बिहीबार, ४ असोज, २०७५
  • 2 months ago
  • अर्थ

पर्वत । थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । 

 

नगरपालिकाका विभिन्न वडामा किबी खेतीको विस्तार अभियान थालिएको छ । 

 

एक हजार ४०० मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । कुश्मा नगरपालिका–३ दुर्लुङका खेम गुरुङ विगत चार वर्षदेखि एक रोपनी क्षेत्रफलमा किबी खेती गर्दै आएका छन् । 

 

पर्याप्त फल दिन थालेपछि नगरपालिकाका सवै वडामा किबी खेतीको विस्तार गर्न थालिएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । 

 

कुश्मा नगरपालिका–३ दुर्लुङ, वडा नं १२ ठूलीपोखरी, वडा नं १३ खौलालाकुरी र वडा नं १४ आर्थर डाँडाखर्कमा किबी खेती विस्तार गर्न लागिएको हो । 

 

यसका लागि कृषकलाई तालीम प्रदान गरिनुका साथै खेती गर्न सहयोग गरिनेछ । “चालू आवमा एक हजारभन्दा बढी किबीका बिरुवा रोपिनेछ,” जोशीले भने।

 

 लमजुङ र सिन्धुलीबाट बिरुवा खरीद गर्ने तयारीमा नगरपालिका छ । बाँझो जमीनको सदुपयोग गर्न किबी खेती विस्तार गर्न लागिएको जोशीको भनाइ छ । 

 

जिल्लामा मोदी गाउँपालिकाको भुकताङ्ले र चित्रे तथा जलजला गाउँपालिकाको लेखफाँट र शालिजामा किवी खेती गरिँदै आएको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । 

 

एउटै रुखमा ५० देखि ७० किलोसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा बिक्री हुँदै आएको छ । यहाँ सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबीको खेती गर्ने गरिएको छ । 

 

 


थप समाचार

Greenwich University pupils raised funds for a children hospice

  • 58 minutes ago
Greenwich University pupils raised funds for a children hospice

A group of Students from Greenwich University in London has raised funds for a children hospice in south east London.

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 3 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 9 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।