IIMS College

ISMT

HUB Education

कोरियामा कुकुर नमार्न अदालतको आदेश

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ । 

 

बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्मीहरुले आफूहरुको विजयको रुपमा लिएका छन् । 

 

साथै यस आदेशलाई अरु सर्वसाधारण कोरियाली नागरिकले पनि स्वागत गरेका बताइएको छ । अदालतको आदेशमा कोरियामा मनाइने एक पर्वमा कुकुर मार्ने अभियान नै चलाउने गरिएकोमा त्यसलाई अवैध भनिएको छ । 

 

साथै सो फैसलामा अबदेखि मासुजन्य पदार्थका लागि कुकुर मार्न नपाइने आदेश दिइएको छ । अधिकारकर्मीहरु सो आदेश मागगर्दै अदालत गएका थिए । 

 

दक्षिण कोरियामा कुकुरको मासु लोकप्रिय छ । यहाँ मासु खानकै लागि हरेक वर्ष कम्तीमा पनि १० लाख कुकुर मार्ने गरिएको विश्वास गरिन्छ । 

 

तर पछिल्ला वर्षहरुमा भने यहाँ कोरियाको मासुको खपतमा कमी आएको पाइएको थियो । किनभने कुकुरको मासु खाने पर्वमा निकै हिंस्रक रुपमा कुकुर मार्ने गरिएकोले धेरैलाई यो मन परेको थिएन । 

 

त्यसैगरी कुकुर मानिसको साथीजस्तै जनावर हो भन्ने भावना मानिसमा पछिल्लो समयमा बढ्दै गएकोले गर्दा पनि मासुको खपतमा कमी आएको पाइएको समाचारमा जनाइएको छ । 

 

दक्षिण कोरियामा करिब १७ हजार कुकुर पाल्ने फार्म छन् । ती फार्मका लगानीकर्ता र मालिकहरुले भने यस आदेशको विरोध गरेका छन् । 

 

त्यसैगरी केही सांसदले यसअघि संसदमा कुकुरको मासु प्रतिबन्ध लगाउनुपर्ने कानुन निर्माण गर्न संसदमा प्रस्ताव पनि प्रस्तुत गरेका थिए । 

 

ती प्रस्तावमा पनि ती फार्मका मालिक र कुकुरको मासुका पारखीहरुले विरोध जनाएका थिए । 


थप समाचार

कांग्रेसले सरकारलाई सहयोग गर्ने

  • 3 minutes ago
कांग्रेसले सरकारलाई सहयोग गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले संकटको बेला सरकारलाई गर्ने बताएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले मानवीय भावनाले स

नेपालगञ्जका होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता

  • 9 minutes ago
नेपालगञ्जका होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता

नेपालगञ्ज । पर्यटनलाई आधार बनाएर नेपालगञ्जमा खुलेका ठूला सुविधासम्पन्न होटलको कारोवार लकडाउनपछि शून्यमा झरेको छ । नेपालगञ्ज हुँदै कैलाश मानसरोबर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्व

हाम्रा सुरक्षाकर्मीले कानुनअनुसार नै काम कारबाही गरेका छन्ः गृहमन्त्री थापा

  • 19 minutes ago
हाम्रा सुरक्षाकर्मीले कानुनअनुसार नै काम कारबाही गरेका छन्ः गृहमन्त्री थापा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुन् । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हालेका छन् । विश्वभर कोरोना



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।