दक्षिण कोरियाली तथा उत्तर कोरियाली नेताहरूबीच शिखर वार्ता, के के भयाे कुराकानी ?

सोल, दक्षिण कोरिया । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ अनबीच मङ्गलबार वार्ता भएको छ । 

 

दुई कोरियाली नेताबीच कोरियालाई आणविक रूपमा निशस्त्रीकरण तथा उक्त प्रायद्वीपको स्थायी शान्तिका लागि उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घण्टा लामो वार्ता भएको हो । 

 

वार्तापहिले राष्ट्रपति मुन र नेता किमले प्योङयाङका सडकमा सवारी हाँक्दै गर्दा सडकका दुई किनारामा बसेका हजारौँ कोरियाली नागरिकले उनीहरूलाई तालीसहित भव्य स्वागत गरेका थिए । 

 

कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गराउँन अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने तयारीका साथ राष्ट्रपति मुन प्योङयाङ पुगेका थिए । प्योङयाङ अन्तराष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन विमानस्थलमा एकआपसमा अँगालो मार्दै स्नेह र आत्मियताको भाव साटासाट गरेका थिए । 

 

सडकमा स्वागतका लागि बसेका कोरियालीहरूले हातमा फुलका गुच्छा समातेर एक स्वरमा ‘राष्ट्रको पुनः एकीकरण’ को गीत गाएका थिए । 

 

वर्कर्स पार्टीको वार्ताको शुरुवात गर्दै दक्षिण कोरियाली नेता मुनले किमसँग भने, “ म हामीमाथि रहेको भारबारे पूर्णतया सम्वेदनशील रहेको छु ।” उनले थपे, “मलाई भारी जिम्मेवारीपनको वोध भएको छ ।” 

मुनले भने, “सम्पूर्ण विश्वले हेरिरहेकोे छ । म शान्ति र समृद्धिको नतिजालाई विश्वभर देखाउन चाहन्छु ।” 

 

मुनका आफ्नै अभिभावक पनि कोरियाली युद्धका समय उत्तर कोरियातर्फ भागेका थिए । 

 

आफ्ना पाहुनालाई सम्मानपूर्ण भावमा सम्बोधन गर्दै किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत जुन महिनामा ऐतिहासिक सिङ्गापुर शिखर सम्मेलनका लागि मध्यस्थता गरेकोमा मुनको प्रशंसा गरे । 

 

यसले यस क्षेत्रलाई स्थायित्वतर्फ लगेको छ । यसले थप गति लिनेछ भन्ने मैले सोचेको छु । दुई घण्टा लामो वार्तामा भएका थप कुराकानीबारे तत्काल केही बताइएको छैन । 

 

मुन र किमबीच अर्को चरणको वार्ता बुधबार पुनः हुनेछ । 


थप समाचार

अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

  • 7 minutes ago
अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

काठमाडौं । अनमोल केसी स्टारर् फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको सो गीत रिलिज गरिएको हो ।

कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

  • 17 minutes ago
कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

काठमाडौं । स्पेनिस किंग्स कप अर्थात् कोपा डेल रेको अन्तिम १६ को ड्र सम्पन्न भएको छ । बिहीबार भएको ड्र अनुसार बार्सिलोनले लेभान्टे प्रतिद्धन्द्धी पाएको छ भने रियल मड्रिडले घरेलु प्रतिद्धन्द्धी लेगानेस

प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा रिलिज

  • 31 minutes ago
प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा रिलिज

काठमाडौं । मिलन चाम्सको फिल्म ‘लिलिबिली’ युट्युबमा रिलिज गरिएको छ । यो फिल्म गत वर्ष दर्शकमाझ रिलिजमा आएको थियो ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

वि.सं.२०७५ साल मंसिर २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी, ४४ घडी २३ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त अष्टमी ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।