अमेरिकी भनाइप्रति कोरियाको आपत्ति

एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको अन्त्य लिबियाकोजस्तो हुन पनि सक्ने भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ । 

 

उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाउनुभएको हो । अमेरिकी उपराष्ट्रपतिको भनाई अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उनको भनाई छ । 

 

उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको, दक्षिण कोरियासँग बृहत शान्ति सम्झौता गरेको तर अमेरिकाले आफ्नो सदासयतालाई कमजोरीका रुपमा लिएको बताए । 

 

दक्षिण कोरियाद्वारा वार्ताको अर्को मिति तोक्ने तयारी 

 

त्यसैगरी प्राप्त एक अर्को समाचारमा जनाइएअनुसार दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताका लागि अर्को मिति तोक्न लागेको बताइएको छ । 

 

दक्षिण कोरिया र उत्तरका बीच यही मे १६ मा मन्त्रीस्तरको बैठकको आयोजना गरेकोमा त्यसको एक दिनमात्र अघि उत्तर कोरियाले सो वार्तामा बस्न नसक्ने भनी पत्र पठाएको थियो । 

 

दक्षिण कोरियाको राजधानी सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै यस सैन्य अभ्यास नरोक्दासम्म अर्को बैठक नबसिने भन्दै उत्तर कोरियाले सो अडान लिएको थियो । 

 

तर पनि वार्ताबाट पछि नहट्न दक्षिण कोरियाको जोड रहेको छ । दक्षिण कोरियाले अर्को वार्ताको मिति तोक्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ । 

 

तर यस विषयमा उत्तरको भने कुनै प्रतिक्रिया आएको छैन । उत्तर कोरियाले उक्त सैन्य अभ्यासको अन्त्य नगरिँदासम्म वार्तामा नबस्ने बताएको छ । 


थप समाचार

विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, यस्ता छन् विप्लवका माग

  • 11 minutes ago
विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, यस्ता छन् विप्लवका माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ ।

यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

  • 36 minutes ago
यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसा

कञ्चनपुरमा कार्की दम्पत्तिलाई पेस्तोल देखाएर विनोद साउँद समूहद्वारा कुटपिट

  • 44 minutes ago
कञ्चनपुरमा कार्की दम्पत्तिलाई पेस्तोल देखाएर विनोद साउँद समूहद्वारा कुटपिट

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा एक समूहले कञ्चटमा पेस्तोल देखाएर एक दम्पत्तिलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको छ । मदिरा सेवन गरी पेस्तोल देखार कुटपिट गरेको पीडित पर



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको