Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलमिस्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन असोज ५ र ६ गते हुने

मिस्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन असोज ५ र ६ गते हुने


काठमाडौँ। चौथो मिस्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता यही असोज ५ र ६ गते हुने भएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत आयोजक बुल्समेन क्लबले प्रतियोगिता असोज ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने जनाएको हो।

प्रतियोगिताको पुरुषतर्फ कुल सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुष बडी विल्डिङतर्फ ५५ किलो, ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो, ८० किलो र ८० किलोभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुने संघका सचिव उदिम गुरुङले बताए। पुरुष फिजिकमा भने १७० सेन्टिमिटरभन्दा माथि र तल गरी दुई समूहमा प्रतिस्पर्धा हुनेछ।

महिलातर्फ वेल्नेस र फिजिक दुवैमा खुला प्रतिस्पर्धा हुनेछ। सबै तौल समूहका विजेताले समान ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

फिजिकमा पुरुष र महिला दुवैतर्फका विजेताले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, बडी विल्डिङको ओभरअल च्याम्पियनले पाँच लाख रुपैयाँ प्राप्त गर्ने सचिव गुरुङले बताए।

प्रतियोगिताका लागि कुल ६५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। सचिव गुरुङले प्रतियोगिताका लागि खेलकुदसम्बन्धी निकायबाट कुनै सहयोग नभएको र सबै खर्च आयोजकले नै व्यवस्था गरेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT