उत्तर कोरियाली नेता किम चीन जाँदै
- मंगलबार, ५ आषाढ, २०७५
- 1 year ago
- अन्तर्राष्ट्रिय




बेइजिङ, ५ असार । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लाग्नुभएको खबर छ । उहाँ दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लागेका हुन ।
सो कुराको जानकारी राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएका छन् । तर उहाँ बुधबार मात्र राजधानी बेइजिङ पुग्नुहुने समाचार चिनियाँ टेलिभिजन सिसिटिभीले दिएको छ ।
नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न गर्नुभएको थियो । उक्त वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा निस्कन लाग्नुभएको बताइएको छ ।
उहाँ मङ्गलबार चीन पुग्नुभयो भने गएको मार्च महिनादेखि नै यो तेस्रो पटकको चीन भ्रमण हुने छ । उहाँ जुन १२ को शिखर वार्ताको केही दिनमात्र अघि पनि चीन पुगेका िथए।
चिनियाँ राष्ट्रपति सि चिनफिङसँग उहाँले ग्रेट हल अफ पिपुल्समा भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
साथै उहाँले राष्ट्रपति र चिनियाँ नेताहरुसँग उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ ।
चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो । चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र पनि हो । बेइजिङले यसअघि नै अमेरिकालाई उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ ।
गत मार्च यताको किमको यो तेस्रो पटकको चीन भ्रमण हो । चीनसँगको निकटताको कारण पनि उत्तर कोरियाली नेताको चीन भ्रमणलाई एक महत्वपूर्ण घटनाका रुपमा लिइएको छ ।
सैन्य अभ्यास स्थगित
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अमेरिका र दक्षिण कोरियाले अर्को महिना गर्ने भनिएको संयुक्त सैन्य अभ्यास स्थगित गरेको जनाएका छन् ।
उनीहरुले उक्त सैन्य अभ्यास स्थगित गरेको पुष्टि पनि गरेका छन् । सिङ्गापुर वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने बाचा उत्तर कोरियाली नेतासँग गरेका िथए ।
उत्तर कोरियाले सैन्य अभ्यास आफूविरुद्ध लक्षित भएको बताउँदै आएको छ । उसले उक्त सैन्य अभ्यास सञ्चालन गरेमा दुई कोरिया र उत्तर कोरिया अमेरिकाबीच सम्पन्न शिखर वार्ता र सम्झौताहरुको उल्लङ्घन हुने पनि बताएको छ ।
थप समाचार
ग्रीनवीचका भलिबल खेलाडी संगठित
- 8 hours ago

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'
- 9 hours ago

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे
- 9 hours ago

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।
विचित्र विश्व
खुट्टाको आकार र औंलाले बताउँछ तपाईंबारे रोचक पक्षहरू

एजेन्सी । हात हेर्ने चलन पुरानो हो । हात हेरेरै मानिसको भविष्य बताउन सक्ने धेरैको भनाई पनि रहेको छ ।