कोशी अञ्चल अस्पताल स्वायत्त बन्ने

विराटनगर ।  पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताल विराटनगरमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।

 

 चालीस वर्षअघि निर्माण भएको सो अस्पताल तत्कालीन आवश्यकतालाई पूरा गर्न बनाइएको थियो भने अहिले जनसङ्ख्या वृद्धिका कारण पुरानो भौतिक संरचनाले अहिले आवश्यकता पूरा गर्न कठिनाइ भइरहेको अजनाएको छ । 

 

विराटनगरमा अवस्थित यो अस्पताललाई प्रदेश सरकारले ऐतिहासिक अस्पतालको रुपमा विकास गर्न खोजेको छ । प्रदेश सरकारले यसलाई शिक्षण अस्पताल बनाउने निर्णय गरिसकेको र अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गर्न स्वायत्त संस्था बनाउन प्रक्रिया थालिसकेको सामाजिक विकासमन्त्री जीवन घिमिरले बताए  ।  

 

काठमाडौँस्थित वीर अस्पतालसँग सहकार्य गर्न हस्ताक्षरसमेत भइसकेको यो अस्पतालले आउने वर्षमा एमबिबीएसको पढाइ शुरु गर्ने र यस वर्ष एमडी कक्षा चाँंडै सञ्चालन गर्ने सामाजिक विकासमन्त्री घिमिरे जानकारी दिए । 

 

दैनिक नेपाल–भारतका गरी करीब एक हजार २०० बिरामी आउने यो अस्पतालमा सरसफाइमा सुधार ल्याएको, बन्द प्रयोगशाला सञ्चालन गरेको, यन्त्र र उपकरण थप्ने काम भइरहेको उनले बताए । 

 

विगतमा घाटामा सञ्चालित यो अस्पतालमा प्रदेश सरकारको निगरानी र चासो बढ्न थालेपछि मासिक रु तीन लाख आम्दानी गर्न थालेकाले यो अस्पतालप्रति प्रदेश सरकारको आशा जागेको सामाजिक विकास मन्त्रालयको अनुमान छ । 

 

प्रदेशसभा सदस्य सावित्रा रेग्मीले कोशी अञ्चल अस्पतालमा समयअनुसार आइसियु, भेन्टिलेटर र दरबन्दीअनुसार चिकित्सक तथा विज्ञ चिकित्सकको आवश्यकता देखिएको जानकारी दिए । 

 


थप समाचार

सन्दिप लामिछानेले दिल्लीबाटै २०१९ को आईपीएल खेल्ने

  • 13 minutes ago
सन्दिप लामिछानेले दिल्लीबाटै २०१९ को आईपीएल खेल्ने

काठमाडौं । सन् २०१९ को भिभो इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपालका खेलाडी सन्दिप लामिछानेले दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । क्लबले बिहीबार जारी गरेको स्वाडमा नेपालका सन्दिप पनि परेका छन् । द

जनतासँग डराइरहेको ‘शक्तिशाली’ सरकार

  • 16 minutes ago
जनतासँग डराइरहेको ‘शक्तिशाली’ सरकार

काठमाडौं । आइतबारको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीलाई दिएको अभिव्यक्ति हो यो । बैठकको निर्णयबारे जानकारी लिन राति अबेरसम्म कुर

रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

  • 27 minutes ago
रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

एजेन्सी । बुधबार विवाह बन्धनमा बाँधिएका बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको तस्बिर सार्वजनिक भएको छ । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा पुगेर विवाह गरेका उनीहरुक



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस

दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।