प्रधानमन्त्रीको भ्रमणमा प्रसारण लाइन सम्झौता हुने

  • मंगलबार, ५ आषाढ, २०७५
  • 4 months ago

काठमाडौं । प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच अन्तरदेशीय सीमापार प्रसारण लाइनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने भएको छ ।

 

नेपाल र चीनबीच गल्छी–रसुवागढी(केरुङ ४०० केभी प्रसारण लाइन निर्माणका लागि विस्तृत अध्ययन गर्न सम्झौता हुन लागेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए । सम्झौतामा नेपालका तर्पmबाट विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिनियाँ स्टेट ग्रिड कम्पनीका सहकक्षीले हस्ताक्षर गर्नेछन् ।

 

नेपालतर्फ ७० किलोमिटर र चिनियाँ खण्डमा ७ सय किलोमिटर रहने यो प्रसारण लाइन निर्माण भएमा नेपालको विद्युत्को अन्तर्राष्ट्रिय बजार विस्तार हुनेछ । हाल भारतसित मात्र यस्तो पहुँच छ ।

 

घिमिरेका अनुसार दुई देशबीच ऊर्जाको दीर्घकालीन सहायतासम्बन्धी अर्को छुट्टै छाता सम्झौता हुने भएको छ । नेपालको जलविद्युत्मा चिनियाँ लगानी र चासो बढेको सन्दर्भमा यस्तो सम्झौता हुन लागेको हो । हाल चिनियाँ लगानीमा ११ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् भने १४ वटा अन्य आयोजना वित्तीय व्यवस्थापनको क्रममा छन् । आजको अन्नपूर्ण पोस्ट्बाट । 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 4 minutes ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 9 minutes ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 20 minutes ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।