ISMT

HUB Education

बेलायत भ्रमणका लागि लण्डन आइपुग्दै प्रधानमन्त्री ओली

  • सोमबार, २७ जेष्ठ, २०७६
  • 2 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको तीन दिने औपचारिक भ्रमणका लागि सोमबार साँझ लण्डन आइपुग्दैछन् । 

 

बेलायती प्रधानमन्त्री टेरेसा मेको निमन्त्रणामा बेलायत आउन लागेका प्रधानमन्त्री ओली बेलुका साढे ७ बजे प्रधानमन्त्री लण्डनको हिथ्रो विमानस्थलमा अवतरण गर्नेछन् । 

 

स्वीजरल्याण्डमा अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा भाग लिएर प्रधानमन्त्री सिधै बेलायत आउने कार्यक्रम छ । 

 

प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य , परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्टसहितका उच्च सरकारी अधिकारी र सल्लाहकारहरु रहनेछन् । 

 

लण्डन उत्रिएको १ घण्टामै प्रधानमन्त्रीले अक्सफोर्ड विश्वविद्यालय पुगेर सम्बोधन गर्ने कार्यक्रम छ । 

 

प्रधानमन्त्री ओलीले मंगलबार बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मेसहित विभिन्न पार्टीका बेलायती सांसदसंग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले भूतपूर्व गोर्खा, गैरआवासीय नेपाली लगायतका नेपाली समुदायका अगुवालाई पनि भेट्नेछन् । 

 

बुधबार बिहान लण्डनस्थित नेपाली दूतावासमा आयोजना हुने रिसेप्सनमा भाग लिएपछि बेलायत भ्रमण सकेर प्रधानमन्त्री फ्रान्सतर्फ जाने कार्यक्रम छ । 

 

नेपालका बहालवाला प्रधानमन्त्रीबाट पछिल्लो १७ वर्षमा पहिलोपटक बेलायतको भ्रमण भएको हो । यसअघि सन् २००२ मा प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको भ्रमणमा आएका थिए । 

 

बेलायतबाट भने अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । तर बेलायती महारानी एलिजावेथ द्धितीयाले सन् १९६० र १९८६ मा गरी २ पटक नेपाल भ्रमण गरिसकेकी छन् । उनका छोरा युवराज चाल्र्सले १९९८ तथा स्वर्गीय युवराज्ञी डायनाले सन् १९९३  मा नेपाल भ्रमण गरेका थिए भने उनीहरुका छोरा युवराज ह्यारीले महाभुकम्पपछि सन् २०१६ मा केहि साता नेपालमा गएर पुननिर्माण कार्यमा सहयोग गरेका थिए । 

 


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 6 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 6 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 6 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।