ISMT

HUB Education

तीन दिने भ्रमणका लागि प्रधानमन्त्री ओली बेलायतमा

  • मंगलबार, २८ जेष्ठ, २०७६
  • 2 months ago
  • युके
अक्सफोर्ड विश्वविद्यालयमा प्रधानमन्त्रीको स्वागत
Education Park

 

Kathmandu Trade Show

 

 तस्विर : शिव भण्डारी 

 

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको तीन दिने औपचारिक भ्रमणका लागि बेलायत आइपुगेका छन् । 

 

बेलायतकी प्रधानमन्त्री टेरिसा मेको निमन्त्रणमा २० सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोमबार बेलुका लण्डन उत्रिए । 

 

लण्डनको हिथ्रो विमानस्थलमा प्रधानमन्त्रीलाई बेलायती रक्षा राज्य मन्त्री मार्क लांकास्टर र बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए । 

 

 

स्वीजरल्याण्डमा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा भाग लिएर उनी सिधै बेलायत आएका छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य , परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई लगायत  छन् । 

 

लण्डन उत्रिएको डेढ घण्टामैै अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्नको लागि प्रधानमन्त्री हेलिकोप्टर चढेर अक्सफोर्ड पुगेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, विकास तथा समृद्धिको लक्ष्य लगायतका विषयमा बोलेका थिए । 

 

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्रोफेसर, रिसर्चरका साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि गरी करिब ४ सय सहभागीहरुमाझ प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजनाहरुबारे पनि सुनाएका थिए । 

 

 

प्रधानमन्त्री ओलीले मंगलबार बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मेसहित विभिन्न पार्टीका बेलायती सांसदसंग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले भूतपूर्व गोर्खा, गैरआवासीय नेपाली, नेकपा कार्यकर्ता लगायतका नेपाली समुदायका अगुवालाई पनि भेट्नेछन् । 

 

बुधबार बिहान लण्डनस्थित नेपाली दूतावासमा आयोजना हुने रिसेप्सनमा भाग लिएपछि बेलायत भ्रमण सकेर प्रधानमन्त्री फ्रान्सतर्फ जाने कार्यक्रम छ । 

 

नेपालका बहालवाला प्रधानमन्त्रीबाट पछिल्लो १७ वर्षमा पहिलोपटक बेलायतको भ्रमण भएको हो । यसअघि सन् २००२ मा प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको भ्रमणमा आएका थिए । 

 

बेलायतबाट भने अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । तर बेलायती महारानी एलिजावेथ द्धितीयाले सन् १९६० र १९८६ मा गरी २ पटक नेपाल भ्रमण गरिसकेकी छन् । उनका छोरा युवराज चाल्र्सले १९९८ तथा स्वर्गीय युवराज्ञी डायनाले सन् १९९३  मा नेपाल भ्रमण गरेका थिए भने उनीहरुका छोरा युवराज ह्यारीले महाभुकम्पपछि सन् २०१६ मा केहि साता नेपालमा गएर पुननिर्माण कार्यमा सहयोग गरेका थिए । 

 

 

 

 

 


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 5 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 5 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 5 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।