चीनमा प्रधानमन्त्री ओलीको १७ तस्बिर, यसरी बित्यो बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते ६ दिने औपचारिक भ्रमणका लागि चीन गएका छन् । चिनियाँ प्रधानमन्त्री (समकक्षी) ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली चीन भ्रमणमा जम्बो टोली लिएर गएका हुन् ।

 

मंगलबार साँझ बेइजिङ पुगेपछि प्रधानमन्त्री ओली त्यहाँस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए । 

 

त्यस्तै प्रधानमन्त्री ओली बुधाबार अर्थात ६ गते विभिन्न कार्यक्रमहरुमा सहभागि भए । प्रधानमन्त्री ओलीले नेपाल–चाइना बिजनेश फोरमलाई सम्बोधन गर्नेदेखि चिनियाँ राष्ट्रपति सी जिनपिङ शिष्टाचार भेटवार्ता समेत गरे । 

 

यसरी बित्यो प्रधानमन्त्री ओलीको बुधबार ?

१. प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चाइना बिजनेश फोरमलाई बेइजिङमा बुधबार सम्बोधन गर्दै । 

२. सिचाईं परियोजना प्रतिवेदनसम्बन्धी समझदारीपूर्वी तराईको सिचाईं प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षरपछि आदानप्रदान गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआन । 

३. चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका नायक माओत्से तुङको समाधीस्थलमा पुगेर श्रद्धान्जली अर्पण गर्दै । 

४. चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेइजिङमा एसियाली पूर्वाधार तथा लगानी बैंकका अध्यक्ष जेन लिक्यूनसँग भेटवार्ता गर्दै ।

५.राष्ट्रपति जिनपिङ र प्रम ओली भेटचीनको बेइजिङस्थित ग्रेट हल अफ पिपलमा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

६. चीनको राजधानी बेइजिङमा बुधबार अयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बारेमा जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली साथमा परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका लागि नेपालका राजदूत लिलामणि पौड्याल । 

७. चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका नायक माओत्से तुङको समाधीस्थलमा पुगेर श्रद्धान्जली अर्पण गर्दै । 

८. राष्ट्रपति जिनपिङ र प्रम ओली भेटचीनको बेइजिङस्थित ग्रेट हल अफ पिपलमा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसहित प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधिमण्डल । 

९. चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका नायक माओत्से तुङको समाधीस्थलमा पुगेर श्रद्धान्जली अर्पण गर्दै । 

१०. हस्ताक्षर समारोहमा प्रम ओलीदेशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माणसम्बन्धी समझदारी एवं सम्झौतापत्रमा बुधबार बेइजिङमा आयाजित हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायत ।

११. हुवासिन सिमेन्ट उद्योग स्थापनाको सम्झौताहुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि सम्झौतापत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङ ।

१२. त्रिशूली गल्छी परियोजना निर्माण सम्झौता त्रिशूली गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङ्फाङ इलेक्ट्रिक इन्टरनेशनल कम्पनीका प्रतिनिधिबीच सम्झौतापत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गर्दै । 

१३. मस्र्याङ्दी जलविद्युत् निर्माण सम्झौताबुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच मस्र्याङ्दी क्यास्केड जलविद्युत् परियोजना निर्माणका लागि सम्झौतापत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गर्दै । 

१४. पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षरनेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच दुईलाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षरपछि हात मिलाउँदै संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु या । 

१५. कालीगण्डकी गर्ज जलविद्युत् निर्माण सम्झौतानेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीका प्रतिनिधि झु जीनसिबीच बुधबार बेइजिङमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै । 

१६. फलफूल उद्योग स्थापनाको समझदारी फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गर्दै । 

१७. इपिसिएफ मोडलमा निर्माण समझदारीसिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कम्पनीका प्रतिनिधि झाङ यानफेइबीच इपिसिएफ मोडलमा आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गर्दै । 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।