Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थपोखरा महानगरपालिकालाई सबैभन्दा धेरै बजेट

पोखरा महानगरपालिकालाई सबैभन्दा धेरै बजेट


काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ। आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ। जसमध्ये चालु शीर्षकमा रू तीन खर्ब ३६ अर्ब ६७ करोड १० लाख र पुँजीगततर्फ रू ६३ अर्ब ४१ करोड ६० लाख विनियोजन भएको छ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहमा जाने रकममध्ये समानीकरण अनुदानतर्फ रू एक खर्ब ४६ अर्ब दुई करोड चार लाख, सशर्त अनुदानतर्फ रू दुई खर्ब २७ अर्ब ६१ करोड ४५ लाख, विशेष अनुदानतर्फ रू १३ अर्ब २६ करोड ७३ लाख र समपूरक अनुदानतर्फ रू १३ अर्ब २६ करोड ७३ लाख विनियोजन भएको छ।

सङ्घीय बजेटमा प्रदेशका लागि रू एक खर्ब पाँच अर्ब ६ करोड ६८ लाख र स्थानीय तहका लागि रू दुई खर्ब ९५ अर्ब दुई करोड दुई लाख विनियोजन भएको छ। वित्तीय हन्तान्तरणमार्फत् जाने रकममध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशले रू १६ अर्ब २७ करोड ३९ लाख र कोशी प्रदेशले रू १६ अर्ब ११ करोड ७० लाख बराबर बजेट पाएको छ। मधेसका लागि रू १३ अर्ब ४५ करोड ३५ लाख, बागमतीका लागि रू १५ अर्ब ८१ करोड २३ लाख, गण्डकीका लागि रू १३ अर्ब ६० करोड ४० लाख, लुम्बिनीका लागि रू १५ अर्ब ३८ करोड ४२ लाख र सुदूरपश्चिमका लागि रू १४ अर्ब ४२ करोड १९ लाख विनियोजन भएको छ।

स्थानीय तहका लागि वित्तीय हन्तान्तरणमार्फत गएको रकममध्ये महानगरपालिकाका लागि रू १० अर्ब ३१ करोड ९८ लाख, उपमहानगरपालिकाका लागि रू १० अर्ब ४२ करोड २२ लाख, नगरपालिकाका लागि रू एक खर्ब ३१ अर्ब २१ करोड ४३ लाख र गाउँपालिकाका लागि रू एक खर्ब ४३ अर्ब छ करोड ३९ लाख विनियोजन भएको छ।

महानगरपालिकामा गएको सङ्घीय अनुदानको बजेट हेर्दा सबैभन्दा धेरै पोखरा महानगरपालिकाले रू दुई अर्ब ७६ करोड ३२ लाख र काठमाडौँ महानगरपालिकाले रू दुई अर्ब १४ करोड ३१ लाख पाएका छन्। त्यसैगरी, विराटनगर महानगरपालिकाका लागि रू एक अर्ब १९ करोड २४ लाख, भरतपुर महानगरपालिकाका लागि रू एक अर्ब ७५ करोड तीन लाख, ललितपुर महानगरपालिकाका लागि रू एक अर्ब १३ करोड ८७ लाख र वीरगञ्ज महानगरपालिकाका लागि रू एक अर्ब ३३ करोड २१ लाख विनियोजन भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT