गण्डकीमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययन हुँदै

पोखरा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा पर्यटन, जलस्रोत, जडीबुटीलगायत अथाह सम्भावनालाई पहिचान गरी उजागर गर्नुपर्ने बताएका छन् । 

 

गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई आज विशेष सम्बोधन गर्दै उहाँले सप्तगण्डकी, दामोदरकुण्ड, मुक्तिनाथ, तालबाराही, तिलिचो, फेवा, वेगनास, रुपा, मैदी, दिपाङ, खास्टेजस्ता तालका साथै पञ्चासेलगायत रमणीय पर्यटकीयस्थलका कारण यसले असाधारण सम्भावना बोकेकाले यसको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । 

 

सो प्रदेशमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययनका लागि भारतबाट प्राविधिक टोली आउन लागेको जानकारी पनि दिए । 

 

कृषिको आधुनिकीकरणमा जोड दिँदै प्रधानमन्त्रीले यहाँका उत्पादन चीन र भारतका ठूला बजारमा पु¥याउन आग्रह गरे । सरकारले देशबाटै तुइन विस्थापन गर्र्दै त्यसका ठाउँमा कम्तीमा झोलुङ्गे पुल निर्माण गरिने बताए । 

 

उनले गुणस्तरीय शिक्षाका साथै हरेक ठाउँमा स्वास्थ्य सेवाको सुलभता कायम गराइने आश्वासन दिँदै शिक्षा र स्वास्थ्य केन्द्रका रुपमा नेपाललाई विकास गर्दै देश बाहिरको पैसा भित्र्याउनुपर्ने बताए । 

 

सामाजिक न्यायसहितको समृद्धिबाट समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताउँदै प्रधानमन्त्री ओलीले संघीय सरकारबाट गर्नुपर्ने सबै कुरामा आफूहरू तयार रहेको आश्वासन दिए ।

 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 1 hour ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 1 hour ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 1 hour ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।