एकतापछि प्रचण्ड झन बलिया

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ । कडा बोली र शक्तिमा रहेकाले मात्र उहाँका गाला पोटिला देखिएका हुन् । भित्र भित्र उहाँ जीर्ण बन्दै जानुभएको छ ।

 

औषधि साथमा लिएर हिंड्नुपर्ने र त्यो औषधिको ‘साइड इफेक्ट’ का कारण ओलीको निर्णयमा सनक देखिन थालेको छ । उहाँ कहिलेकाँही मध्यरातमा मन्त्रीहरुलाई बोलाइदिने र कहिलेकाँकी मध्यरातमै मन्त्रिपरिषद् बैठक डाकेर विवादास्पद निर्णय गर्न थाल्नुभएको छ । ओलीको स्वास्थ्यमा आएको खराबीले उहाँमा मानसिक असरसमेत परेका ठम्याई बालुवाटारमा रहेका धेरैले गर्न थालेका छन् ।

 

पाँच वर्ष सरकार चलाउँछु भनेर सक्रिय भइरहनुभएको ओलीको स्वास्थ्यबारे नेकपाको भित्री तहमा चर्चा चल्न थालेपछि केही नेता आफ्नो राजनीतिक भबिष्य सुरक्षित गर्नतर्फ लागिसक्नुभएको छ । नेकपाको दुईजना अध्यक्ष रहेकोले अब शक्तिशाली प्रचण्ड नै रहने निश्चित छ । अहिले पनि प्रचण्ड केन्द्रीय समिितमा बहुमतमा हुनुहुन्छ । उहाँले कम्तिमा ६० प्रतिशत केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा पार्ने गरी सक्रियता बढाइसक्नुभएको छ । पूर्व एमालेका असन्तुष्ट नेताहरुलाई प्रचण्डले आफ्नो बनाइसक्नुभएको छ । आजको साप्ताहिक विमर्शबाट । 

 


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 1 hour ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 1 hour ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 1 hour ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।