मेकअप गर्दै प्रधानमन्त्री ओली, को हुन् ओलीलाई मेकअप गर्ने व्यक्ति ?

काठमाडौं । तस्बिरमा मेकअप गरिरहेका व्यक्ति हुन् प्रधानमन्त्री केपी शर्मा ओली । नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओली  कुनै सुुुटिङ गर्नुपरेको खण्डमा त्यसका लागि आवश्यक हरेक काममा सहजता देखाउँछन् ।

 

बुझ्नेलाई सजिलो, नबझ्नेलाई कडा, धेरै बुझ्नेलाई व्यंग्यको ‘इनसाइक्लोपेडीया’ प्रधानमन्त्री ओली किन मेकअप गरिरहेका छन् भनेर धेरैलाई चासोको विषय बनेको छ । ओली ‘जनतासँग प्रधानमन्त्री’का लागि तयार हुन लाग्दाको तस्बिर हो ।

 

प्रधानमन्त्री ओलीलाई मेकअप गर्ने व्यक्ति हुन् विनोद लामा । गएको महिनादेखि सुरु भएको कार्यक्रमको ‘सुटिङ’पूर्व प्रधानमन्त्री ओलीलाई क्यामेरा र लाइटमा राख्नुअघि मेकअप गरिएको हो ।

 

‘कार्यक्रममा उहाँको अनुहारलाई अझ तेजिलो, लाइटमैत्री र राम्रो देखाउनका लागि मेकअप गरिन्छ’, कार्यक्रम निर्माण समुहका एकले भने, ‘अन्य कार्यक्रममा पनि यसरी मेकअप गर्ने चलन छ ।’

 

त्यसो त प्रधानमन्त्री हुनुपूर्व नै ओली मेकअप, क्यामेराको टेक र अभिनयका लागि प्रख्यात थिए । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनाव पूर्व तत्कालिन नेकपा एमालेको भिडियो प्रचार सामग्रीका लागि पनि उनले अभिनय गरेका थिए ।

 

त्यसबेला उनको निवास बालकोटमा पुगेर भिडियो सुटिङ गरेका निर्देशक भानु प्रतापले भने, ‘उहाँ जस्तो सजिलो मान्छे त को होला र ? नेतामा नेता, सहजतामा सहजता । अभिनयका लागि पनि त्यतिकै सहज हुनुहुन्छ ।’

 

ओलीले त्यसबेला एकाध ‘टेक’ खाए । तर अन्य कलाकार भन्दा सहज हिसाबले भिडियोमा उनको अभिनय देखियो । त्यसबेला पनि उनलाई सिंगारेर उतारिएको थियो ।


थप समाचार

धनगढीमा अत्याधिक गर्मी

  • 5 minutes ago
धनगढीमा अत्याधिक गर्मी

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्मी क्रमशः बढ्न थालेको छ । आज शुक्रबार धनगढीको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशखाले जानकारी दिएको छ ।

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

  • 17 minutes ago
बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन्

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

  • 39 minutes ago
जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।