प्रचण्ड र उपेन्द्र केपीसँग नजिकिनुको यस्तो छ रहस्य

काठमाडौं । सङ्घीय समाजवादी फोरमसमेत सहभागी भएपछि केपी ओली नेतृत्वको वर्तमान सरकार ‘दुईतिहाइ बहुमत’को समर्थन प्राप्त सरकारमा रूपान्तरित हुन पुगेको छ । 

 

प्रधानमन्त्री ओलीले फोरमलाई सरकारमा सहभागी गराउन धेरै पहिले नै प्रयास गरेको भए पनि कहिले संविधान संशोधन त कहिले पदीय भागबन्डा नमिलेको जस्ता विषयलाई कारण बताउँदै फोरम नेतृत्वले सरकारमा सहभागी हुन आनाकानी गर्दै आएको थियो । 

 

तर, अहिले आफ्ना पूर्वअडानहरू छोडेर फोरम सरकारमा सहभागी हुन रातारात तयार हुनुलाई रोचक तथा रहस्यपूर्ण ठानिएको छ ।

 

दुई नम्बर प्रदेशमा राजपाको स्थिति कमजोर तुल्याउँदै उक्त प्रदेशको राजनीतिमा आफ्नो भूमिका सर्वाधिक बलियो बनाउन उपेन्द्र यादवले सरकारमा सहभागी हुने निर्णय लिएको बताइन्छ । 

 

राजपाले सरकारमा सहभागिता जनाउने चर्चा चल्न थालेपछि उपेन्द्र यादव राजपालाई उछिन्दै सरकारमा सम्मिलित हुन तयार भएको भन्ने एकथरीको भनाइ छ । तर, यसका पछाडि थप केही गम्भीर कारण भएको बुझिन्छ ।

 

ओलीसँग ईयूको सम्बन्ध चिसिएकै अवस्थामा प्रचण्ड ‘एमाले’सँग पार्टी एकता गर्न ‘बाध्य’ भएका छन् भने उपेन्द्र यादव सरकारमा सहभागी हुन ‘तयार’ भएका छन् । राजनीतिक विश्लेषकहरूले यी घटनाक्रमहरूलाई सहज र स्वाभाविक रूपमा लिइरहेका छैनन् ।

 

प्रधानमन्त्री केपी ओलीप्रति युरोपियन युनियनलगायत केही पश्चिमा मुलुक सशङ्कित भएको ठानिन्छ । निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा युरोपियन युनियनले खसआर्यलाई आरक्षणको सुविधा दिन नहुने व्यहोरा उल्लेख गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ईयूको कडा प्रतिवाद गरेका थिए । 

 

यससँगै ओलीले इसाई धर्म प्रचारमा कडाइ गर्ने पनि बताएका थिए । यस प्रकरणपछि ईयूसँग केपी ओलीको सम्बन्ध चिसिएको विश्वास गरिन्छ ।

 

ओलीसँग ईयूको सम्बन्ध चिसिएकै अवस्थामा प्रचण्ड ‘एमाले’सँग पार्टी एकता गर्न ‘बाध्य’ भएका छन् भने उपेन्द्र यादव सरकारमा सहभागी हुन ‘तयार’ भएका छन् । राजनीतिक विश्लेषकहरूले यी घटनाक्रमहरूलाई सहज र स्वाभाविक रूपमा लिइरहेका छैनन् ।

 

पश्चिमा इसाई मुलुक तथा इसाई सङ्घसंस्थासँग निकटतम मानिएका प्रचण्ड एमालेसँग पार्टी एकीकरण गर्न मानसिक रूपले तयार भइसक्नुभएको थिएन भने ईयूसँग निकट मानिने र जातीय एवम् क्षेत्रीय मुद्दा उठाउने उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमले पनि ओलीबाट सरकारमा सहभागी बन्न भएको पटक–पटकको आग्रहलाई बेवास्ता गर्दै आएको थियो । 

 

तर, अहिले ईयूसँग निकट ठानिएका दुवै (माओवादी र फोरम) समूह केपीसँग सहकार्यका निम्ति तयार भएका छन् । यसलाई जानकारहरूले रहस्यमयी भनी टिप्पणी गरेका छन् ।

 

केपीसँग प्रचण्ड र उपेन्द्र यादवको सहकार्य केपीलाई सहयोग पुऱ्याउनभन्दा पनि उहाँमाथि निगरानी र नियन्त्रणको अवस्था पैदा गर्नका निमित्त भएको ठानिएको छ । 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच सम्बन्ध सुमधुर भएसँगै मोदीप्रति बहुदूरीको दृष्टिकोण राख्नेहरू ओलीको वरिपरि पुग्नुको रहस्य खुल्न केही समय प्रतीक्षा गर्नुपर्ने ठानिएको छ ।


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 6 hours ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 6 hours ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 6 hours ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।