किन दिएनन् प्रधानमन्त्री ओलीले राजपा नेपालका नेतालाई भेट्ने समय ?

file-photo

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा समय नदिएको गुनासो गरेका छन् । 

 

संविधान संशोधनलगायत सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा समय नपाएको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बताए ।

 

संविधान संशोधनलगायतका विषयमा ३ बुँदे सहमति गरेर राजपाले वर्तमान सरकारलाई सर्मथन गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै गत बुधबार अध्यक्षमण्डलको वैठकले बिहीबार नै प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम नै दिने निर्णय गरेको थियो ।

 

तर, प्रधानमन्त्रीको समय अभावका कारण राजपा नेताहरुसँग छलफल हुन नपाएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले शुक्रबार पनि राजपा नेताहरुसँग भेट्ने कार्यक्रम नरहेको जानकारी दिएको छ ।

 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले महन्थ ठाकुर एक्लैलाई भेट्न प्रस्ताव गरेका थिए । तर ठाकुरले एक्लै नभई सामूहिक भेट गर्ने बताएपछि समय नमिलेको हो ।

 

यसअघि राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरले गत मंगलबार प्रधानमन्त्री ओलीसँग एक्लै भेटेर छलफल गरेका थिए ।


थप समाचार

बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षेत्र'

  • 2 hours ago
बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षेत्र'

जसमध्ये बाल समुहमा सर्वोत्कृष्ट बन्दै ५ वर्षीया रिया गिरी बाल नक्षेत्र घोषणा भइन् भने युवा समुहबाट सर्वोत्कृष्ट बनेर सब्रिना चोंगवांग युवा नक्षेत्र बनिन् ।

प्रतिभा नक्षेत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

  • 4 hours ago
प्रतिभा नक्षेत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

सन्दर्भ प्रतिभा नक्षेत्रमा मात्र सिमित छैन । बेलायतका अधिकांश नेपाली संघसंस्थाले गर्ने कार्यक्रमको हविगत यस्तै हुन्छ । अब यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

  • 8 hours ago
के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

नेतृत्वका तीनै जना आकांक्षी तदर्थ समितिमा अट्ने गरी निकास निकाल्ने पहल अध्यक्ष फगामीले गरिरहेका छन् । संयोजक पदका सबै आकांक्षीहरुलाई समान हैसियतमा राखेर तदर्थ समिति घोषणा गराउने उनको योजना छ ।


Loading...

भिडियो

प्रेम र यौन

शारीरिक सम्बन्धबाट टाढा रहने जोडीमा यस्ता समस्याहरु देखिने

शारीरिक सम्बन्धबाट टाढा रहने जोडीमा यस्ता समस्याहरु देखिने

एजेन्सी–वैवाहिक जीवन सुमधुर बनाउन शारीरिक सम्बन्धको अहम भुमिका रहन्छ । सम्बन्धलाई मजबुत बनाउन पनि शारीरिक सम्बन्ध जति आवश्यक छ त्यति नै आवश्यक स्वस्थ रहन पनि छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेद उपचार पद्धति भरपर्दो

आयुर्वेद उपचार पद्धति भरपर्दो

भद्रपुर । पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् ।

विचित्र विश्व

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् ।