गाईजात्रा विशेषः प्रधानमन्त्री ओलीले बाँदरको शरीरमा आफ्नो टाउको राख्नेलाई भेटे

Education Park

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक सन्देश फैलाउने किसिमले तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका ५ का सचिव होमनाथ सिग्देल पक्राउ परे । 

 

सिग्देलले बाँदरको शरीरमा ओलीको टाउको राखेर फेसबुकमा सेयर गरेका थिए । समाजमा भ्रम तथा नकारात्मक दृष्टिकोणमा अफवाह फैलाएकाले पक्राउ गरिएको जनाइएको छ । 

 

उनलाई प्रधानमन्त्रीको सचिवालयले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखलाई फोन गरेरै पक्राउ गर्ने ठाडो आदेश दिइएपछि प्रहरीले पक्राउ गर्यो । गत भदौ १ गते फौजदारी संहिता लागू भएपछि पक्राउ पर्ने सिग्देल पहिलो हुन् । 

 

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तिलाई १ लाखसम्म जरिवान वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

 

काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।

 

गाइजात्रामा जब प्रधानमन्त्री ओलीले सिग्देललाई भेटे, त्यसपछि के भने, के भयो संवाद, यो गाईजात्रा प्रस्तुती:–

 

ओली –हैन के भनेर बाँदरको शरीरमा मेरो टाउको मिलायौ ?

 

सिग्देल– खोइ दिमागमा त्यही आयो अनि सेयर गरें । 

 

ओली –तिमीलाई थाहा थिएन भदौ १ देखि तिमीले मलाई गाली गर्न पाउँदैनौ भनेर ?

 

सिग्देल – गाली नै गर्न नपाउने पनि नियम बनाउने हो त ? मन नपर्नेलाई गाली नगरेर के माया गरिरहनु ? अहिलेसम्म जनताले गरेको मायाको कहिल्यै कदर गरेको भए पो । 

 

ओली– के गरिन है मैले जनतालाई ? गरेकै त छु नि । कसैले नबाँडेको आश्वासन भए पनि बाँडेकै त छु । जे सक्यो त्यही गर्ने त हो नि । 

 

सिग्देल – काम चाहिं केही गर्न नपर्ने ? 

 

ओली– त्यो पनि कामै त हो नि । बिहान उठेदेखि त्यत्रो भाषण तिमीले गर्न सक्छौ ? यत्रो औषधी खाएर बोलेको बोल्यै छु । त्यसको कदर गरेका छौ ?

 

सिग्देल – कदर नगरेको भए बोलीमा मात्र ओली राष्ट्रवादी हो भन्ने थाहा पाएर पनि दोस्रो पटक प्रधानमन्त्री बनाउँथे त जनताले ? 

 

ओली – अनि म के कारणले बाँदर भएँ ?

 

सिग्देल – बाँदर भन्न पनि कारण चाहिन्छ र । बाँदरको जस्तो व्यवहार गरेपछि बाँदर नभनेर के भन्ने त ? 

 

ओली – बाँदरले त घर बनाउँदैन । मेरो त दुई दुई वटा घर छ । बाँदरले त खोसेर खाएको छ । मैले खाएको छु ?

 

सिग्देल – सर्वहारा नेताका घर के काम ? मानसिकता त भ्रष्ट देखिइहाल्यो नि । कम्युनिष्ट भन्ने अनि निजी सम्पत्ति जोड्ने ? बाँदर र कम्युनिष्टमा के फरक छ र ? बाँदरको पनि आफ्नो घर हुँदैन । कम्युनिष्टको पनि आफ्नो घर हुँदैन । मैले त गहन भएर सोचेर पो तपाई सच्चा कम्युनिष्ट हो भनेर ‘बाँदर’ को संज्ञा दिएको हुँ । तर तपाईले मलाई उल्टै पक्राउ गर्न लगाउनु भो । के तपाई कम्युनिष्ट हैन ? 

 

ओली – ओहो ! मैले त तिमी काँग्रेस नै हौ त्यसैले मेरो अपमान गर्यौ भनेर पो विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत कार्वाही गर्न खोजेको त । 

 

सिग्देल – तपाईले मान्छे नचिनेरै दुःख पाउनु भइरहेको छ । अहिले पनि के नौलो भयो र । 

 

ओली– मैले त विपक्षीलाई तर्साउनका लागि पो यो कदम चालेको । तिमी त आफ्नै पुर्खाको सोचबाट आएका परेछौ । लौ धन्यबाद है । मेरो आँखा खोलिदियौ ।

 

सिग्देल – अनि मलाई गरिएको कार्वाही ? 

 

ओली– त्यो त नियममा भएको कुरो । पख । दुई तिहाईको सरकार छ यसो साइत हेरेर तिम्रो व्यवस्था मिलाईहाल्छु नि ।  


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 8 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 8 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।