सरकारको काम कारबाहीप्रति व्यापक गुनासो, जनताको विश्वास गुमाउँदै

काठमाडौं । पछिल्लो समय सरकारको काम कारबाहीप्रति सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि व्यक्त गर्नेहरुको भीड नै लागेको छ । सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नेहरु देशको उच्च तहमा रहेका व्यक्तिहरु बढि रहेका छन् । 

 

उपराष्ट्रपति नन्दबहादुर पुनले केही समयअघि एक कार्यक्रममा सरकारको कामबारबाहीप्रति असन्तुष्टि व्यक्त गरे । उपराष्ट्रपति पुनले रेल, पानी जहाजजस्ता कुरामा भन्दा पनि जनताको जीवनस्तरलाई सुदृढ बनाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन रोड कनेक्टिभिटीमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए ।

 

त्यस्तै विपक्षी दलका नेताहरुले दिनहुँ जस्तै काठमाडौंको सडकको दुरावस्था हटाउनेलगायतका कामलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायलाई आग्रह गर्दा सरकार भने मौन जस्तै रहेको छ । 

 

काठमाडौंमा डुबान हुँदा पनि खासै काम गर्न नसकेकोमा नेकपामा युवा नेता टासी शेर्पाको सरकारप्रति गुनासो छ । उनले सरकारलाई काम गर्ने शैलीमा तीव्रता दिन पनि आग्रह गरे । 

 

नेता शेर्पाले सामाजिक सञ्जालमार्फत अव्यवस्थित फोहोरमैलाको थुप्रो र पानी परेको बेला सडकमा गुडिरहेको गाडीको तस्बिर राख्दै सरकारको आलोचना समेत गरेका छन् । 

 

शेर्पाले फेसबुकमा लेखेका छन्, ‘सरकार यो काठमाडौंको धुलो, हिलो, बाटोको फोहोर र ट्राफिक जाम मात्र ठिक गर्दिनुस् । हामीलाई रेल चाहिँदैन् हजुर ।’ टासीले नेपालीपत्रसँगको कुराकानीमा भने, ‘सरकारले काम गर्ने शैलीमा परिवर्तन नगरे पाँच वर्षमा पनि मुलुकमा कुरा बाहेक केही पनि काम हुँदैन् ।’

 

युवा नेता शेर्पाले जनताका दैनिक आवश्यकतालाई सम्बोधन गर्ने काममा सरकारले जोड दिनुपर्ने बताए । उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई साथ दिन पनि सबैलाई आह्वान गरे ।

 

यता प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा पनि सांसदहरूले सरकारको काम कारबाहीप्रति गुनासो गर्दै आइरहेका छन् । तर, सरकार भने कुनै ठोस निर्णय लिएर अघि बढ्नुपर्नेमा मौन जस्तै बस्नाले जनताप्रतिको विश्वास गुमाउँदै गएको बुझिन्छ । 

 

जनताको आशा निराशामा परिणत !

दुई मुख्य कम्युनिस्ट दल एमाले र माओवादीको एकताले एउटै ‘विशाल’ कम्युनिस्ट पार्टी बनेपछि नेपाली राजनीतिलाई मात्र होइन, सिंगो एसियाकै राजनीतिमा परकम्प पैदा गर्ने सबै नेपाली जनताको अपेक्षा रहेको थियो । 

 

पार्टी एकताको घोषणा भएलगत्तै तत्कालीन एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताले देशका विभिन्न सहरबजारका चोकचोकमा भेला भएर उत्साहका साथ दीपावली मनाए ।

 

यति ठूलो कम्युनिस्ट पाटी भएकोमा दुवैतर्फका अधिकांश कार्यकर्ताले विभिन्न माध्ययमद्वारा गौरव व्यक्त गरे । दुई ठूलो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बहुमतको सरकार बन्यो । 

 

प्रधानमन्त्रीको सपथ लिएकै दिन अध्यक्ष ओलीले जनताबाट वाहीवाही पाएका लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाए । उनै पण्डित यतिबेला ‘डेन्जर जोन’मा रहेका छन् । मन्त्री पण्डितसँगै अन्य ६ जना मन्त्री पनि ‘डेन्जर जोन’ मा रहेका छन् । 

 

पदीय आकांक्षामा रहेका तर नअटाएकाहरू पनि पार्टी नेतृत्वसमक्ष भने निकै आक्रोशित रहेको बेला सरकार सुस्त हुनुले आफ्नै पार्टीका कार्यकर्ताप्रति निराशा छाउनु हो । 

 

धेरैजसोले सामाजिक सञ्जालमार्फत आफ्ना आक्रोशहरूसँगै सरकारको काम कारबाहीप्रति असन्तुष्ट व्यक्त गर्दै छताछुल्ल पारेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोख्दै एक नेताले भनेका छन्, ‘पार्टी नेतृत्वले यसअघि शासकीय पदमा समेत न्याय गरेन, अहिले आएर पनि उस्तै अन्यायपूर्ण व्यवहार/अब कस्तो निर्णय लिनु उचित होला ?’

 

 


थप समाचार

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

  • 27 minutes ago
यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

  • 31 minutes ago
तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।

ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

  • 39 minutes ago
ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

काठमाडौं । मुलुकी अपराध संहिताका केही प्रावधान आफ्नो पक्षमा नभएको भन्दै चालक आन्दोलनमा उत्रिएपछि बिहीबार पेट्रोलियम पदार्थ ढुवानी रोकियो।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।