संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

फाइल फाेटाे

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । 

 

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै सभामुख महराले संस्कृति इतिहाससँग जोडिएको र यसको संरक्षण हुनुपर्नेमा जोड दिए । 

 

महराले संस्कृति ठूलो कुरा रहेको चर्चा गर्नुहुँदै यो राष्ट्रियतासँग पनि जोडिने बताए । उनले भने, ‘संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नु सबैको कर्तव्य हो ।’

 

महराले नेपालको संस्कृतिको प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय स्तरम्म पु¥याउनुपर्नेमा जोड दिँदै संस्कृतिको पहिचान र प्रसार गर्न नसके लोप हुने खतरा रहेको औँल्याए । 

 

कानुन निर्माणमा तीव्रता दिइने छ 

 

सभामुख महराले देश अहिले संविधान कार्यान्वयनको चरणमा रहेकाले केही कानून निर्माणमा ढिलाइ भएको बताए । छिटोभन्दा छिटो विधेयक ल्याउन सरकारलाई आग्रह गर्दै सभामुख महराले आवश्यक कानून निर्माणमा संसद्ले तीव्रता दिने बताए । 

 

देशमा तीन तहको सरकारबीच अधिकार बाँडफाँटमा अन्तरविरोध रहेको चर्चा गर्दै सभामुख महराले यसको समाधान हुन केही वर्ष लाग्न सक्ने बताउनुभयो । उनले भने, ‘देशमा पहिलोपटक सङ्घीयता लागू भएको छ । स्रोत र अधिकारको विषयमा भएको विरोध समाधान हुन केही वर्ष लाग्न सक्छ ।’ 

 

सांसद केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ, प्रदेशसभा सदस्य डोवाटे विक, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । 

 

‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने मूल नारासहित शुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ । 

 

स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवर्द्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने, लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको मूल संयोजक वसुन्धरा घर्तीले जानकारी दिए । 

 

महोत्सवको नाफाबाट महासङ्घको निर्माणाधीन भवन सम्पन्न गर्ने र आदिवासी जनजाति सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ । 

 

महासङ्घले गत वर्षको महोत्सवको नाफाबाट व्यास–१ करङकाठमा कार्यालय भवन निर्माण गरिरहेको छ । महासङ्घले व्यास–१२ कमलाबारीमा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि जग्गासमेत खरीद गरिसकेको छ । 


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 5 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 5 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 5 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।