हिमाली क्षेत्रमा बहुआयामिक सम्बन्ध विस्तार गर्नु दुई देशको साझा लक्ष्य : सभामुख

file-photo
Education Park

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले चीनले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ ९बिआरआई० अभियान अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुङ्गा भएको बताएका छन् । 

 

चीन तिब्बत पर्यटन र सांस्कृतिक एक्सपोअन्तर्गत आज ल्हासामा आयोजित ‘ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’लाई सम्बोधन गर्दै सभामुख महराले ‘बिआरआइ’ले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौ अवसर सिर्जना गरेको बताएका हुन् । 

 

बिआरआईमार्फत् हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार गर्न नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य रहेको उनको भनाइ थियो । 

 

‘हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य हो । जसले दुबै देशमा व्यापार र व्यवसायका धेरै अवसर सिर्जना गर्नेछ’, उनले भने, ‘चीनको औद्योगिक विकास, प्रविधि विकास, व्यावसायिकता र विशाल आन्तरिक बजार तथा नेपालको प्रचुर प्राकृतिक स्रोत, भौगोलिक सामिप्यताको फाइदा आदिले मूल्य शृृङ्खला र आर्थिक वृद्धिबीच सामञ्जस्यता ल्याउनेछ ।’

 

बिआरआइले पूर्वाधार र संरचना विकासमा ध्यान केन्द्रित गरेको भन्दै सभामुख महराले सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने पक्ष नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको लागि ज्यादै महत्वपूर्ण भएको बताए । 

 

नेपाल लामो समयको राजनीतिक सङ्घर्षपछि शान्ति तथा सामाजिक आर्थिक विकासको नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै सभामुख महराले आर्थिक विकास र जनताको समृद्धि नै नेपालको एक मात्र राष्ट्रिय कार्यसूचि भएकोले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । 

 

‘अहिले हाम्रो एकमात्र राष्ट्रिय कार्यसूचि भनेको देशको आर्थिक विकास र जनताको समृद्धि हो’, सभामुख महराले भने, ‘पूर्वाधार विकास, जलविद्युत, होटेल व्यवसाय, सूचना तथा सञ्चार र स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रमा लगानीको राम्रो सम्भावना छ र चिनियाँ लगानीकर्ताको लागि हाम्रा नीतिहरु लगानीमैत्री छन् । त्यसैले नेपालमा लगानी गर्न म चिनियाँ लगानीकर्तालाई विशेष आग्रह गर्दछु ।’

 

तिब्बतमा भएको अभूतपूर्व आर्थिक विकास तथा सामाजिक सांस्कृतिक विकासले नेपालमा पनि अवसरको ढोका खोल्ने भन्दै उनले चीनले दुई दशकमा सफलतापूर्वक सञ्चालन गरेको किङ्गहाइ–तिब्बत रेलवे परियोजनाले नेपाल र चीनलाई रेलले जोड्न सक्ने प्रविधिको विकास गरेकोमा आफू विश्वस्त भएको बताए । 

 

नेपालका प्रधानमन्त्री चीन भ्रमणमा रहेको बेला भएको रेलमार्ग सम्बन्धी समझदारी कोशेढुङ्गाको रुपमा रहेको भन्दै सभामुख महराले रेलमार्ग, राजमार्ग, बन्दरगाह, प्रसारण लाइन र सञ्चार सम्पर्क आदिको अवधारणासहित ल्याइएको ‘ट्रान्स–हिमालयन मल्टिडाइमेन्सिएल कनेक्टिभिटी नेटवर्क’ले आर्थिक विकासका नयाँ पक्षलाई उकास्न सहयोग गर्ने उल्लेख गरे । 

 

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरी प्रत्येक वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै सभामुख महराले नेपालको लक्ष्य पूरा गर्न चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन चीन सरकार, ट्राभल र टुर व्यवसायी बीच सहकार्य र साझेदारीको आवश्यकता भएको बताए । 

 

अरनिको राजमार्ग नेपाल र चीन जोड्ने पहिलो ऐतिहासिक मार्ग भएको चर्चा गर्दै सभामुख महराले भौगोलिक विकटताको कारणले सीमा क्षेत्रमा राजमार्ग र रेलमार्ग निर्माणमा ठूलो लगानी र प्रयासको आवश्यकता पर्ने र त्यो दुई देशबीचको आपसी समझदारी र सहकार्यले सम्भव हुने बताए । 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 7 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 7 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।