चीन भ्रमण फलदायी : सभामुख महरा

file-photo

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले आफ्नो पाँच दिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताएका छन् । स्वदेश फर्किएपछि उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणले नेपाल र चीनबीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गरे । 

 

तिब्बत भ्रमणका अवसरमा सभामुख महराले चीनको तिब्बत स्वशासित क्षेत्रका पार्टी प्रमुख वु यिङै एवं उच्चपदस्थ पदाधिकारीसँग शिष्टाचार भेटघाट भएको जानकारी गराउँदै भने, ‘सो अवसरमा उहाँहरु बीच नेपाल, तिब्बत र चीनबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्ध, व्यापार, लगानी एवं पर्यटनलगायत विषयमा छलफल भयो ।’

 

महरा छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीन र यसको स्वशासित क्षेत्र तिब्बत सरकारको निमन्त्रणामा तिब्बतको ल्हासामा आयोजित चौथो तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनमा प्रमुख अतिथिका रुपमा १० सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ २२ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

 

भ्रमणकै दौरानमा उनले तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको परिसरमा चीनको केन्द्र सरकार तथा तिब्बत स्वशासित क्षेत्र सरकारको सहयोगमा पुनःनिर्माण हुने नेपाली महावाणिज्य दूतावासको भवन, नेपाल र चीनको सिमानामा रहेको तातोपानीको मितेरी पुल तथा नेपाल र चीनको सिमानामा बन्ने रसुवागढी पुलको शिलान्यास गरेको बताए । 

 

सभामुख महराले प्रदर्शनीअन्तर्गत तिब्बतको लिन्ची प्रिफेक्चरअन्तर्गत लुलाङ शहरमा आयोजित ट्रान्स–हिमालय बेल्न एण्ड रोड अन्तर्राष्ट्रिय आर्थिक सहयोग मञ्चमा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । 

 

सो अवसरमा उनले चीनले अगाडि बढाएको वेल्ट एण्ड रोड एनिसियटिभमा नेपाल आबद्ध भइसकेको सन्दर्भमा यस अवधारणाका माध्यमबाट नेपाल र चीन एवं तिब्बतबीच के कसरी यस क्षेत्रका जनताबीचको आपसी सम्बन्ध एवं हित प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए । 


थप समाचार

निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

  • 5 hours ago
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।

शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

  • 9 hours ago
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्

रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

  • 9 hours ago
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।