IIMS College

ISMT

HUB Education

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले शपथ ग्रहण गराएका हुन् ।

 

सो अवसरमा उपसभामुख राधिका तामाङ, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले  प्रदेशसभा सचिवालयद्वारा प्रकाशित ‘प्रदेश तेस्रो दर्पण’ स्मारिकाको पनि आजै सार्वजनिक गरेका थिए ।   

 

प्रदेशसभामा यसअघि भक्तपुर १ (क)बाट निर्वाचित हरिशरण लामिछानेको उपचारका क्रममा निधन भएकाले करीब डेढ वर्षदेखि उक्त पद रिक्त हुँदै आएको थियो । 

 

प्रदेशसभामा हाल सत्तारुढ नेकपाका ८०, कांग्रेसका २२, नेपाल मजदूर किसान पार्टीका दुई, साझा विवेकशीश पार्टीका तीन तथा राप्रपा (संयुक्त), राप्रपा र स्वतन्त्रका एक–एक प्रदेशसभा सदस्य रहेको प्रदेशसभा सचिवालयका कानून अधिकृत विनोद अमात्यले जानकारी दिए । 


थप समाचार

नीता अम्बानीको दैनिक खर्च कति ?

  • 2 hours ago
नीता अम्बानीको दैनिक खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् ।

अभिनेत्री प्रियंका कार्कीले शेयर गरिन् हट तस्बिरहरु

  • 2 hours ago
अभिनेत्री प्रियंका कार्कीले शेयर गरिन् हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की ।

बेलातभरको प्रतिनिधित्वसहित एनआरएनए यूकेको व्यापार विभाग बिस्तार

  • 7 hours ago
बेलातभरको प्रतिनिधित्वसहित एनआरएनए यूकेको व्यापार विभाग बिस्तार

विभागका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले सचिव, सदस्यहरु र सल्लाहकारहरु मनोनित गरेका छन् । विभागमा बेलायतका सबै क्षेत्रको प्रतिनिधित्व गराइएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।