IIMS College

ISMT

HUB Education

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • शुक्रबार, १० माघ, २०७६
  • 1 month ago
  • युके
राससको बेलायत प्रतिनिधिमा नियुक्त कृष्णप्रसाद शर्मा
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । राष्ट्रिय समाचार समिति (रासस) को बेलायत प्रतिनिधिमा कृष्णप्रसाद शर्मा नियुक्त भएका छन् । 

 

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।   

 

विगत १० वर्षदेखि बेलायत बस्दै आएका शर्मा पछिल्लो ५ वर्षदेखि विभिन्न नेपाली मिडियाहरुमा क्रियाशिल रहँदै आएका छन् । बाग्लुङ र पोखराबाट प्रकाशन हुने ढोरपाटन दैनिक तथा बाग्लुङबाट प्रकाशन हुने स्टार साप्ताहिकमा उनले नियमित कोलम लेख्दै आएका छन् । 

 

बेलायतमा एनएसएस, काउन्सिल, अस्पताल लगायतका सरकारी निकायहरुमा नेपाली दोभाषेको रुपमा कार्यरत शर्मा सक्रिय समाजसेवीका रुपमा पनि चिनिन्छन् । 

 

नेपालको महाभूकम्पलगत्तै लण्डनस्थित नेपाली दूतावासको सक्रियतामा चलाइएको राहत अभियानमा उनी महिनौंसम्म स्वयमसेवीका रुपमा खटिए । लण्डनको प्रख्यात लर्ड्स क्रिकेट मैदानमा पहिलोपटक नेपाली क्रिकेट टोलीले खेलेको खेलको प्रचारप्रसार र व्यवस्थापनमा समेत शर्माले स्वयमसेवी रुपमा एक संयोजकको भुमिका खेलेका थिए । 

 

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र समाजशास्त्र विषयमा स्नातकोत्तर शर्माले बेलायतबाट एमबिए पूरा गरेका छन् । 

 

राससको बेलायत प्रतिनिधिका रुपमा नेपालको सरकार र नेपालको चासोमा रहने विभिन्न विषयहरुलाई नेपालका राष्ट्रिय मिडियाहरुसम्म पुर्याउन कोशिस गर्ने शर्माले बताएका छन् । 

 

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि समेत आफुलाई प्राप्त प्लेटफर्मको पुर्ण सदुपयोग गर्ने उनको योजना छ । 

 

देशैभर छरिएका आफ्ना प्रतिनिधिहरुले पठाउने समाचारलाई राससले देशका सय बढि सञ्चारमाध्यमहरुलाई बाँड्ने गर्दछ । 

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 3 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 3 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 3 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।