IIMS College

ISMT

HUB Education

जानुका राईको ३ वटा कृति “समय, सन्दर्भ र आमा” लोकार्पण

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

केन्ट । गत ९ फेब्रुअरी २०१९ को दिन बेलायतको आशफोर्डमा गीतकार जानुका राईको ३ कृतिहरु “समय, सन्दर्भ र आमा” को विमोचन समारोह सम्पन्न भएको छ ।

 

खोटाङ समाज यूकेको अध्यक्ष, रिटायर्ड क्याप्टेन भुपजीत राईको प्रमुख आथित्य रहेको यस कार्यक्रममा अतिथिहरुमाः शिव कुमार राई, सगरमाथा गोर्खा नेपाली समाजका चक्र साम्पाङ् राई, मगरात संङ्घ बेलायतका अध्यक्ष हिकमतसिङ् रोका, समाजसेवि रिटायर्ड क्याप्टेन दिल कुमार राई, सुमनचन्द्र राई, नेपाल पत्रकार महासंङ्घ यूकेको अध्यक्ष नरेश खपाङ्गी मगर, शान्ता गौचन, गीतकार ईस्वर चाम्लिङ् साथै अन्य समाजसेवी तथा साहित्यकारहरु रहेका थिए भने कार्यक्रमको अध्यक्षता भिमु मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष रहेका थिए । 

 

अतिथीहरुको आसन ग्रहण पछि भिमु मेमोरियल ट्रष्टका फाउण्डर शिब कुमार राईको स्वागत मन्तब्य पछि अतिथिहरुको सामुहिक रुपमा दिप प्रज्वलन पछि कार्यक्रम सुरुवात भएको थियो ।

 

कार्यक्रमको पहिलो सत्रमा सर्जकको कृतिहरुः २ एल्बम “समय”, “सन्दर्भ” र गीतसङ्ग्रह “आमा” लाई अतिथीहरुको बाहुलीबाट सामुहिक रुपमा लोकार्पण साथै सोहि एल्वमका ४ म्युजिक भिडियोहरु धर्तिको जन्म, सुम्निमा, सौहार्द भावना र परदेशी चेलीको कथा लाई पनि बजाएर सङ्गै सार्वजनिक गरिएको थियो ।

 

उक्त लोकर्पित गीत सङ्ग्रहमा ८६ वटा गीतहरु अटाएका छन भने एल्वम समयमा ५ गीतहरु क्रमशः आमा, सौहार्द भावना, हुरुरु, प्रकृतीकी छोरी रहेको छ, र यस एल्वमको लागी सुरेश अधिकारीको सङ्गीत रहेको छ । एल्वम सन्दर्भमा ६ गीतहरु क्रमशः गरिबीको भारी, लण्डन शहर, माझी दाई, बालापन, पिरतीको रङ्ग,आकाशको जुन र नयाँ वर्ष रहेको छ । उक्त एल्वममा जितेन राई, रोशनराज गुरुङ् विरचन्द्र राई (बि सी) वशन्त मुकारुङ् गङ्गाराज राई जितेन राई र विरचन्द्र राई (बि सी) को सङ्गीत रहेको छ ।

 

सर्जकले यो भन्दा पहिले बि. स. २०६९ सालमा पहिलो कृती धर्तिको जन्म र समर्पणलाई कर्मभुमी ब्रुनाईमा प्रवासी नेपाली साहित्य समाजको सक्रियतामा सार्बजनिक गरेर कवि तथा गीतकारको रुपमा परिचीत भई सकेका हुन् ।

 

सर्जक जानुका राईले आजको कार्यक्रम अरु कार्यक्रम भन्दा अली प्रीथक भएको जानकारी गराउँदै यस कार्यक्रमको आयोजक “भिमु मेमोरियल ट्रष्ट” भएको सहर्स जानकारी गराउँदै कृतिका बारेमा बोलेकी थिइन्  जसमा सर्जकले आफ्ना सासु–ससुरा र बाबा–आमाहरुलाई सम्झिएकी थिइन् । उनीहरुले बुझेर सहयोग गर्नु भएकोले गर्दा आज यो अवस्थामा भएको बताइन् ।

 

कार्यक्रमको दोस्रो सत्र शुभकामना मन्तब्य बोल्ने क्रममा पैसाको भन्दा समयको धेरै महत्व भएको ठाउँमा बसेर यति धेरै कृतीहरु जन्माउनु भनेको पक्कै धेरै समय खर्चिएको  भन्दै नेपाल पत्रकार महासङ्घ यूकेका अध्यक्ष नरेश खपाङ्गीले स्वागत मन्तब्यमा बोलेका थिए, साथै किराँत राई यायोख्खाका उपाध्यक्ष तथा खोटाङ् समाज यूकेको अध्यक्ष रिटायर्ड क्याप्टेन भुपजीत राई, किरात राई सांस्कृतिक सङ्घ बेलायतका अध्यक्ष हेम कुमार राई, मगरात संङ्घ बेलायतका अध्यक्ष हिकमत सिङ् रोका, सगरमाथा गोर्खा नेपाली समाज आशफोर्डका अध्यक्ष चक्र साम्पाङ राई, सङ्गीतकार तथा कम्पोजर बिसी राई लगायतले स्वागत मन्तब्य दिएका थिए ।

 

कार्यक्रमको अध्यक्ष “भिमु मेमोरियल ट्रष्ट”का संस्थापक अध्यक्ष सर्जक जानुका राईले “ट्रष्ट”को बारे बोल्दै बि.स. २०७० सालयता १ जना लाई वर्षको ४० हजार नेपाली रुपैया ४ जना नानीहरुलाई शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र यि कृतिहरुबाट आएको रकमहरु पनि यसै “ट्रष्ट” मा जाने जानकारी गराउदै उपस्थित सम्पुर्णलाई जटिल समयमा पनि समय मिलाएर यस कार्यक्रममा उपस्थित भई दिनु भएर मात्रै आजको यस कार्यक्रम सक्षम भएकोले सम्पुर्णलाई हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै खानपिनको व्यवस्था पछि साङ्गेतिक कार्यक्रम रहेको अवगत गराउदै लोकार्पण कार्यक्रमलाई औपचारिक रुपमा समापन गरे ।

 

सांगेतिक कार्यक्रममा साहित्यकार सेमन्त राईको बाँसुरीको धुन बाट उठान गरेपछि गायक गङ्गाराज राई र नरेन्द्र राईले गीत गाएर भरपुर मनोरञ्जन दिलाए ।

 

दिउँसो १ बजे बाट शुरु भएर साँझ ६ बजे सकिएको उक्त कार्यक्रमलाई गायक तथा संगीतकार गंगाराज राईले सञ्चालन गरेका दिए । 

 

 


थप समाचार

९ राउण्ड गोली सहित काठमाडौँ उड्न लागेका शाही पोखरा विमानस्थलबाट पक्राउ

  • 2 hours ago
९ राउण्ड गोली सहित काठमाडौँ उड्न लागेका शाही पोखरा विमानस्थलबाट पक्राउ

कास्की । पोखरा महानगरपालिका– २७ रिठेपानी बस्ने ४० वर्षीय जितु शाहीलाई २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोखरा विमानस्थलबाट यति एयरको उडानद्वा

६ हजार धरौटीमा रिहा भए सांसद राजिब गुरुङ

  • 2 hours ago
६ हजार धरौटीमा रिहा भए सांसद राजिब गुरुङ

काठमाडौँ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङलाई झापड हानेपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई थप दुई दिन हिरासतपछि धरौटीमा रिहा भएका छन् ।

साढे ८ हजार डलरसहित जोशी विमानस्थलबाट पक्राउ

  • 3 hours ago
साढे ८ हजार डलरसहित जोशी विमानस्थलबाट पक्राउ

काठमाडौँ । अवैध रुपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलरसहित ललितपुरका विकाश जोशी विमानस्थलबाट पक्राउ परेका छन् । शनिबार दिउँसो ललितपुर महानगरपालिका– ११ घर भई अमेरिका बस्ने ३३ वर्षीय विकाश जो



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

ज्योतिष शास्त्रका अनुसार यस्तो भएमा डिभोर्स हुने सम्भावना उच्च हुन्छ

ज्योतिष शास्त्रका अनुसार यस्तो भएमा डिभोर्स हुने सम्भावना उच्च हुन्छ

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहन्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ । शुक्र विवाहका लागि निकै महत्वपुर्ण हुन्छ । यदी कसैको शुक्र कमजोर रहेको छ भने उसको वैवाहिक स्थिति सदा असहज अवस्थामा बित्नेछ ।