IIMS College

ISMT

HUB Education

लकडाउनबारे बुझेपछि काठमाडौँ उपत्यकामा पूर्ण पालना

  • बिहीबार, १३ चैत, २०७६
  • 1 week ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन काठमाडौँ उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाएपछि ‘लकडाउन’को तेस्रो दिन आज काठमाडौँ उपत्यका निकै सुनसान देखिएको हो । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ । 

 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सरकारले लकडाउन घोषणा गरेको तेस्रो दिन आज त्यसको पूर्णरुपमा पालना भएको छ । “पहिलो दिन धेरै नै उल्लङ्घन भयो, कतिले लकडाउनको अर्थ नबुझेर पनि हो कि, दोस्रो दिन केही कम उल्लङ्घन भयो तर आज पूर्णरुपमा पालना भएको छ”, उनले भने, “प्रहरीले ‘कृपया घरमै बस्नुस्’ भनेर उपत्यकाभरि माइकिङ गरिरहेको छ ।” प्रहरीले उपत्यकाका ३२ ठाउँबाट माइकिङ गर्ने व्यवस्था गरेको छ । प्रहरीको भ्यानमा माइक राखेर सरकारको निर्देशनलाई पालना गर्न आग्रह गरिएको छ । 

 

“प्रहरीले टोलटोलमा गएर घरमै बस्नुस्, तपार्इं र तपार्इंको परिवारको सुरक्षाका लागि हो भनेर सचेतना जगाउने काम गरिरहेको छ”, प्रवक्ता बोगटीले थपे, “सरकारका लागि वा प्रहरीका लागि घरमा बस्नु भनेको होइन, आफ्नो ज्यान जोगाउनका लागि भनेर बुझाइरहेका छौँ ।”प्रहरीले पहिलो र दोस्रो दिन लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गरेको थियो । तर आज पूर्णरुपमा लकडाउनको पालना भएको हुनाले एकजनालाई पनि अहिलेसम्म पक्राउ गर्नु नपरेको प्रवक्ता बोगटीले जानकारी दिए ।  विश्वव्यापी रुपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी लकडाउनको घोषणा ग¥यो । सरकारले बन्द गर्ने भनेपछि कफ्र्यु लगाउने शब्द सुनेका नागरिकले लकडाउनको अर्थ नबुझेर पनि केही मानिस घर बाहिर निस्किए । तर प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न लागेपछि कति सचेत भएर घरमै बस्न थाले । 

  

सरकारले सङ्क्रामक रोग ऐन, २०२० जारी भएपछि देशैभर पहिलो पटक कार्यान्वयनमा आएको लकडाउनबारे नागरिक अनभिज्ञ हुँदा पहिलो दिन मङ्गलबार प्रहरी प्रशासनलाई  बुझाउन निकै मुस्किल परेको थियो । नागरिक अनावश्यक हिँडडुल गर्न, जमघट हुन थालेपछि पक्राउ गर्नुपर्ने प्रहरीलाई बाध्यता नै भयो । लकडाउनमा अत्यावश्यकीय पसलबाहेक अरु सबै बन्द छन् । सरकारले दूध, पानी, खाद्यान्न, तरकारीलगायतका पसल खुल्ला राख्न आग्रह गरे पनि त्यस्ता अधिकांश पसल बन्द छन् । सरकारले अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूल पसल खुला गर्न व्यवसायीलाई आग्रह गर्दा पनि त्यस्ता पसल पनि बन्द देखिएका छन् । 


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 1 hour ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 1 hour ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 1 hour ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।