ISMT

HUB Education

बेलायतमा माया बटुल्दै 'सालको पात टपरी' गायक कुलेन्द्र

  • बिहीबार, २ जेष्ठ, २०७६
  • 3 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । नेपाली लोकसंगीतको क्षेत्रमा डेढ दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय छन् गायक कुलेन्द्र विश्वकर्मा । हजारौं लोकदोहोरीमा आवाज दिइसकेका उनका दर्जनौं गीतहरु हिट छन् । 

 

तर केहि महिनाअघि सार्वजनिक उनको 'सालको पात टपरी' बोलको लोकदोहोरी गीतको असाधारण सफलतापछि अहिले कुलेन्द्रको चर्चा र लोकप्रियता चुलिएको छ । 

 

युट्युबमा ४ करोड भन्दा बढिपटक हेरिएको पहिलो लोकदोहोरीको रेकर्ड नै बनाएको छ यो गीतले  । लोकदोहोरीका पारखीहरु मात्र नभएर आम नेपालीका जनजिब्रोसम्म झुण्डिन सफल गीतपछि उनको सांगीतिक करियरमै एउटा नयाँ अध्याय सुरु भएको छ । 

 

'यो गीतबाट मैले दर्शक, श्रोताको जुन माया पाएको छु, त्यो साँच्चीकै अपत्यारिलो छ', कार्यक्रमको शिलशिलामा यतिबेला बेलायतमै रहेका कुलेन्द्रले सुनाए, 'इमान्दारितापूवर्क मेहनत गर्न सके एकदिन अवश्य पुरस्कार मिल्दोरहेछ भन्ने महसुस भएको छ ।'

 

अहिले स्वदेश तथा विदेशमा हुने हरेक कार्यक्रममा दर्शक, श्रोताको अत्याधिक रोजाइमा पर्ने गर्छ 'सालको पात टपरी' । जसकारण स्वभाविकतः गायक कुलेन्द्रको डिमाण्ड देश, विदेशका स्टेजमा एकदमै बढेको छ ।

 

हुन त यसअघि नै उनले गाएका 'तिमलाई पछुतो हुने दिन', न'जाउ है सानु पधेंरीमा', 'हाँस्न सिकायौ', 'एकतर्फी माया', 'भुल्नै भयो धौ' , 'डांडै फुर्के सल्लो', 'रुमाल हल्लाई', 'जिम्माल बाको आँगनीमा' लगायतका थुप्रै गीत चर्चा कमाउन सफल थिए । जसले उनलाई लोकप्रियता पनि दिलाएका थिए । तर ती गीतको तुलनामा सालको पात टपरीले उनलाई धेरै अग्लो उचाई दिएको छ । 

 

 

पर्वत लंखु देउरालीको एक निम्नवर्गीय परिवारबाट काठमाडौं आएर गायकका रुपमा स्थापित बन्दासम्मको यात्रामा कुलेन्द्रले ठूलो साधाना र संघर्ष गरेका छन् । 'सुखमा आत्तिन र दुखमा मात्तिन हुन्न भन्ने मेरो जीवन विश्वासले नै मलाई ती कठिन संघर्षका दिनहरुमा पनि टिकाइराख्यो', उनी भावुक बन्छन्, 'एउटा गीत हिट हुनेबित्तिकै मात्तिने र भएन भने आत्तिने कलाकार हुन सक्दैन भन्नेमा म सधै सचेत रहें ।' 

 

अहिलेसम्म आफ्नै एल्बम ५ वटा मात्रै सार्वजनिक गरेका कुलेन्द्रले आवाज भरेका गीतहरुको संख्या भने ५ हजार नाघिसकेको छ । बहुचर्चित सालको पात टपरीसहितका आफ्ना थुप्रै गीतको म्युजिक भिडियोमा उनी आफैले मोडलका रुपमा अभिनय समेत गरेका छन् । 

 

कार्यक्रमको शिलशिलामा दुबई, कोरिया, हंककंग जापान, अमेरिकादेखि युरोपका केहि देशसम्मको यात्रा गरिसकेका छन् उनले । अष्ट्रेलिया अब छिट्टै जाँदैछन् । 

 

पर्वत वेल्फेयर सोसाइटी यूकेको निमन्त्रणमा दुई साताअघि बेलायत आइपुगेका उनले यहाँको १ महिने बसाईमा आधा दर्जन बढि कार्यक्रममा गाउने तय भइसकेको छ । 

 

यहाँ आएलगत्तै केहि कार्यक्रममा प्रस्तुति गरिसकेका छन् कुलेन्द्रले । हरेक कार्यक्रममा दर्शकको आग्रहमा सालको पात दोहोर्याएर समेत गाएका छन्, अरु केहि आफ्ना चर्चित गीतहरु पनि सुनाएका छन् । 

 

यसअघि सन् २०१५ मा पहिलोपटक बेलायत आएका कुलेन्द्रको यो दोस्रो भ्रमण हो । 'विदेशमा बस्ने दर्शक, श्रोताले नेपाली संगीत र कलाकारलाई झन बढि माया दिनुहुन्छ भन्ने प्रत्यक्ष अनुभव मैले अहिले बेलायतमा गर्दैछु', उनले सुनाए, 'यति धेरै माया र आत्मीयता पाउँदा आउँदो दिनमा मैले आफ्नो कर्ममा अझै बढि मेहनत र योगदान गर्नुपर्छ जस्तो लागिरहेको छ ।' 

 

तस्विर सौजन्य : मिलन तमु

 

 


थप समाचार

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 30 minutes ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।

गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

  • 54 minutes ago
गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

तनहुँ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ । प्रदेशभित्रका दश वटा दूध चिस्यान केन्द्रलाई

इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

  • 58 minutes ago
इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।