IIMS College

ISMT

HUB Education

निर्माण भएको एक महीनामा नै सिँचाइ कुलो भत्कियो

  • सोमबार, ६ साउन, २०७६
  • 4 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ ।

 

एशियाली विकास बैंकको रु दुई करोड ४२ लाखको आर्थिक सहयोगमा पक्की निर्माण गरिएको सो सिँचाइ कुलो ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी एक महीना अगाडिमात्रै उपभोक्ता समितिलाई जिम्मा लगाएको थियो । बेथानचोक गाउँपालिका–५ स्थितलड्कु खोलाबाट २०३९ सालदेखि नै त्यहाँका किसानले कुलो बनाएर सिँचाइ सुविधा उपभोग गर्दै आएका छन् ।

 

सात किलोमिटर टाढादेखि ल्याएको सो सिँचाइ कुलोबाट बल्थली भेगका एक हजार १७२ रोपनी जमीनमा सिँचाइ पु¥याइएको छ तर करीब दुई हप्ता अगाडिदेखि परेको अविरल वर्षाका कारण कुलोमाथिबाट गएको पहिरोले कुलो पुरिनुका साथै ठाउँ–ठाउँमा भत्किए पछि त्यहाँका किसान चिन्तित बनेका छन् । “यो ठाउँको एउटै मात्रै आधार बल्थली सिँचाइ कुलो वर्षाको बाढीले बगाएर क्षति पुगेको छ ।” 

 

बल्थली सिँचाइ उपभोक्ता समितिका उपाध्यक्ष रामप्यारी केसीले भने, “मर्मत गर्न परेको रु दुई करोड ४२ लाख रकममध्ये रु ५० हजारको उपभोक्ता समितिबाट र बाँकी सबै ठेकेदारमार्फत सम्पन्न गरी समितिलाई जिम्मा लगाइसकेको थियो, अब फेरि बाढीले पूर्णरुपमा क्षति पुगेको छ ।”

 

त्यही कुलोको पानीले खेत रोपिसकेको भए पनि अब पानी आवश्यक पर्ने बेलामा कसरी कहाँबाट व्यवस्था गर्ने भन्ने चिन्ता पर्न थालेको अर्का किसान सीताराम केसीले बताए । “कुलोको सबै भाग माथिबाट आएको बाढीले पुरिएको छ”, उनले भने, “तलबाट करीब १२÷१३ ठाउँमा पहिरो गएको छ ।” 

 

समितिका उपाध्यक्ष केसीले क्षतिको विवरण सङ्कलन गरी वडा र नगरपालिकामा आवश्यक मर्मतको लागि पेश गर्ने तयारीमा रहेको बताए । त्यससँगै सकेसम्मको काम गर्नका लागि सबै उपभोक्तालाई अनिवार्य उपस्थित गराएर मर्मत गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

 

सो वडाका वडाध्यक्ष तारामान तामाङले वडाबाट मात्रै मर्मतको लागि सहयोग गर्न सम्भव नरहेकाले माथिल्लो निकायमा नै माग गर्न पहल गर्नुपर्ने बताए । उक्त सिँचाइबाट बल्थली फाँटका किसानले आलु, धान, गोलभेँडा, काउलीलगायत सागसब्जी खेती गरी अर्थोपार्जन गर्दै आएका छन् ।


थप समाचार

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 1 hour ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 1 hour ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

  • 1 hour ago
अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।