बेलायतबासी सर्जक कुमार केसीको शब्दमा प्रमोद खरेलले गाए मर्मस्पर्शी गीत (भिडियो)

  • शनिबार, ६ असोज, २०७५
  • 7 months ago
  • युके
बेलायतबासी सर्जक कुमार केसी (दांया) को शब्दमा रहेको ‘सपनीमा देखें आमा’ बोलको मर्मस्पर्शी गीतमा आवाज प्रमोद खरेलको छ ।

 

लण्डन । बेलायतमा बस्दै आएका सर्जक कुमार केसीको शब्दमा लोकप्रिय गायक तथा अहिले नेपालमा चलिरहेको रियालिटी शो 'भोइस अफ नेपाल'का एक कोच प्रमोद खरेलको स्वर रहेको निकै मार्मिक गीत सार्वजनिक भएको छ ।

 

‘सपनीमा देखें आमा’ बोलको उक्त गीत म्युजिक नेपालले हालै युट्युब मार्फत सार्वजनिक गरेको छ । गीतमा परदेशमा रोजगारीमा रहेको छोराले नेपालमा रहेकी मुटुको रोगी आमालाई सम्झेर भावविभोर भएको कथा समेटिएको छ ।

 

त्यसै गरी दशैंमा घरमा जान नपाउदाको पिंडा, भाइटीकामा दिदीको सम्झनाले भक्कानिएको मुटु अनि साहुको ऋणले पिरलिएको आमाको मर्म बोलेको छ ।

 

त्यसैगरी नेपालमा आमाले परदेशी छोरालाई सम्झेर बिताइरहेको कठिन पलहरु समावेश गरिएको छ गीतमा । नेपाली ग्रामीण जीवनको यथार्थता बोकेको यस गीत र अभिनयले साँचो अर्थमा लाखौ प्रवासी छोराहरुको प्रतिनिधित्व गरेको छ ।

 

बेलायतबासी सर्जक कुमार केसीको रचना, रमेश कायस्थको संगीत रहेको यस गीत रागा स्टुडियो काठमाडौका आशिष अविरलले अरेन्ज गरेका थिए ।

 

नेपालमा ललितपुरमा छायांकन गरिएको यस म्युजिक भिडियोमा विभिन्न चलचित्र तथा म्युजिक भिडियोमा सफल अभिनय गरिसकेका कलाकारहरु जीवन भट्टराई र रश्मी भट्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन । यस भिडियोको निर्देशन कान्तिपुर टेलिभिजनका कार्यक्रम निर्माता अर्जुन अधिकारीले गरेका हुन् भने यसको निर्माण कुमार केसीले गरेका हुन ।

 

हेरौं भिडियो :

 


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 2 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 3 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 3 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।