कुमार पन्तको मुल एजेण्डा : निशुल्क सदस्यता, हरेक सदस्यलाई मताधिकार (भिडियो)

 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदका उम्मेदवार कुमार पन्तले संस्थाका पञ्जिकृत सदस्यहरुको लागि निशुल्क सदस्यता आफ्नो मुल एजेण्डा रहेको बताएका छन् । 

 

 

सदस्यताकै लागि संस्थालाई निश्चित रकम बुझाउनुपर्ने व्यवस्था खारेज गर्दै निशुल्क सदस्यता वितरण सुरु गर्ने आफ्नो सोंच रहेको उनको भनाइ छ । 

 

 

 

पत्रकार ऋषि धमलासंगको अन्तरवार्तामा आफ्ना एजेण्डाहरुबारे बोल्दै पन्तले भनेका छन्, ‘गैरआवासीय नेपाली संघमा अहिले देखा परेका कैयौं समस्याको जरा हाम्रो सदस्यता वितरणको सिस्टमसंग जोडिएको छ । निशुल्क सदस्यता दिने, नेतृत्व चयनको अधिकार डेलिगेटलाई मात्र नभएर सम्पुर्ण पञ्जिकृत सदस्यलाई पनि प्रदान गर्ने जस्ता कार्य गर्न सकियो भने पनि धेरै समस्याहरु हल हुन्छन् भन्ने मेरो विश्वास छ ।’ 

 

 

 

सदस्यताको समस्या सुल्झाउन सके संस्थामा राजनीतिक हस्तक्षेपको लागि ढोका बन्द हुने र स्वस्फुर्त सदस्यता लिनेहरुको संख्या बढ्ने पनि उनको आशा छ । 

 

 

गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुंजीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै नेपालको आर्थिक समृद्धिका लागि सहयोग पुर्याउनकै लागि आफु अध्यक्षमा उम्मेदवार बनेको पन्त बताउँछन् । 

 

 

 

हेरौं पन्तसंगको पूरा अन्तरवार्ता :

 

 


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 4 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 4 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 4 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।