IIMS College

ISMT

HUB Education

विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति ज्ञानीमैयाको निधन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

तुलसीपुर । विश्वमै एकमात्र कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको शनिबार निधन भएको हो । 

 

उनी विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति थिइन् । उनको निधनसँगै कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको यस भाषाका अनुसन्धानकर्ता उदय आलेले जानकारी दिए । “विश्वमा उहाँमात्रै कुसुण्डा भाषा बोल्ने ब्यक्ति हुनुहुन्थ्यो”, उनले भने, “उहाँलाई हामीले कुसुण्डा भाषाको शब्दकोषका रुपमा समेत लिएका थियौँ, तर उहाँको निधनले कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको छ ।”

 

कुसुण्डा पुसको अन्तिम सातादेखि बिरामी पर्नुभएको थियो । उनको प्रारम्भिक उपचार लमहीस्थित फ्लोरेन्स अस्पतालमा गरिएको थियो भने थप उपचार कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो । उनको अवस्था सुधार नभएपछि उनलाई घरमै राखिएको थियो । त्यही क्रममा आज उनको निधन भएको बुहारी आशा पुनमगरले बताइन् । अब दाङको लमहीमा उनकी काकाकी छोरी कमला कुसुण्डाले मात्रै यो भाषा बोल्न जानेका छन् । 

 

ज्ञानीमैयाका एक मात्र छोरा प्रेमबहादुरको छ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । उनका दुई छोरीको विवाह भइसकेको छ । घरमा उनकी बुहारीले नै हेरचाह गर्दै आएका थिए । 

 

कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार दाङमा ९८ र देशभर २७३ जना कुसुन्डा छन् ।


थप समाचार

अष्ट्रेलियाको समुन्द्रमा एक नेपाली युवा मृत अवस्थामा फेला परेपछि...

  • 41 minutes ago
अष्ट्रेलियाको समुन्द्रमा एक नेपाली युवा मृत अवस्थामा फेला परेपछि...

सिड्नी । सिड्नीको समुन्द्रमा एक नेपाली युवक मृत भेटिएका छन् । ३२ वर्षिय युवक अमित सुनारको शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलबार दिउँसो फेसा परेको हो ।

‘एक आँखो चिम्लिने त शिकारी हुन्छ, प्रेसले चाहिँ दुइटै आँखा खुल्ला गर्नुपर्दछ’

  • 43 minutes ago
‘एक आँखो चिम्लिने त शिकारी हुन्छ, प्रेसले चाहिँ दुइटै आँखा खुल्ला गर्नुपर्दछ’

बाँके । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसले दुइटै आँखा खुल्ला गरी हेर्नुपर्ने बताएका छन् । ‘एक आँखो प्रेस हुँदैन। एक आँखो चिम्लिने त शिकारी हुन्छ

अष्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको मृत्यु

  • 45 minutes ago
अष्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको मृत्यु

सिड्नी । अष्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको मृत्यु भएको छ । दुई वर्ष अगाडि अध्ययनका लागि उनी अष्ट्रेलिया पुगेकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।