‘कुटुमा कुटु सुपारी दाना’को नयाँ रेकर्ड, युट्युवमा दश करोड भन्दा बढी पटक हेरियो

Education Park

काठमाडौं । ‘कुटुमा कुटु सुपारी दाना’ले नयाँ रेकर्ड बनाएको छ । ‘दुई रुपैया’ फिल्ममा समाबेश गरिएको यो गीतको भिडियोलाई यो समाचार लेख्दाको समयसम्ममा सोसल मिडिया युट्युुभमा दश करोड, पाँच लाख, सातासी हजार, पाँच सय भन्दा बढी पटक हेरिएको छ । नेपाली गीत संगीतको दुनियाँमा यो पहिलो रेहर्ड हो । अहिलेसम्म कुनै पनि नेपाली गीत संगीतलाई दश करोड पटक भन्दा बढी हेरिएको छैन ।

 

करीब डेढ वर्ष पहिले युट्युवमा अपलोड गरिएको यो गीतलाई राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानले स्वरबद्ध गरेका छन् । गीतको म्युजिक एरेञ्ज राजन इशानको रहेको छ । यस गीतको शब्द–संगीत पनि गायक राजनराज शिवाकोटीकै रहेको छ । गीतको भिडियोमा असिफ शाह, निश्चल बस्नेत, स्वास्तिमा खड्का र बुद्धि तामाङको फिचरिङ रहेको छ । 

 

गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । असिम शाहको निर्देशनमा बनेको यस भिडियोमा शिराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ । यो फिल्मले बक्स अफिसमा पनि राम्रो ब्यापार गरेको थियो । 

 

सोसल मिडियामा राजनराज शिवाकोटीको गीत–संगीतलाई धेरै भ्युजः

गायक तथा संगीतकार राजनराज शिवाकोटीको धेरै गीत संगीतलाई सोसल मिडिया युट्युवमा धेरै पटक हेरिएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘वडा नम्बर–६’ मा समावेश गरिएको ‘सुर्के थैली खै’ बोलको गीत नेपालमै पटक करोड भ्युज पाउने पहिलो गीत बनेको थियो । 

अहिलेसम्ममा यस गीतलाई तीन करोड, तिस लाख, चार हजार भन्दा बढी पटक हेरिएको छ । राजनराज शिवाकोटी र अन्जु पन्तको आवाजमा रहेको यस गीतमा शब्द तथा संगीत पनि राजनराजकै रहेको छ । गीतको भिडियोमा दीपक राज गिरी, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, दयाहाङ राई लगाएतले फिचरिङ गरेका छन् । उज्वल घिमिरेको निर्देशनमा बनेको यो फिल्मले पनि बक्स अफिसमा राम्रो ब्यापार गरेको थियो ।

 

त्यस्तै ‘छक्का पञ्जा’ फिल्ममा समावेश गरिएको राजनराज शिवाकोटीकै गीत ‘पूर्व पश्चिम’रेल ले पनि राम्रो भ्युज पाएको छ । यो गीतलाई अहिलेसम्ममा तीन करोड, सतासी लाख र बीस हजार भन्दा बढी पटक हेरिएको छ । 

राजनराज शिवाकोटी र अन्जु पन्तकै आवाजमा रहेको यो गीतको भिडियोमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे लगाएत कलाकारहरुले कम्मर मर्काएका छन् । राजनराजकै शब्द तथा संगीतमा गीतलाई राजन इशानले म्युजिक एरेञ्ज गरेका छन् । दीपाश्री निरौलाको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा राम्रो रेकर्ड बनाएको थियो ।

 

नेपाली गीत संगीतको बजार ‘सानो’

वास्तवमै भन्नुपर्दा नेपाली गीत संगीतको बजार सानो छ । विश्वमै नेपाली भाषा कमै मात्रामा बालिन्छ । नेपाल लगाएत भारतको दार्जिलिङ्ग, सिक्किम, आसाम, भूटान, बर्माका केही भागमा मात्र नेपाली भाषा बोलिन्छ । बजार सानो हुँदा हुँदै पनि सोसल मिडियामा करोडौं भ्युज पाउनु नेपाली गीत संगीतको लागि सुखद कुरा हो । 

 


थप समाचार

सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह

  • 5 minutes ago
सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।

बाढीले मुहान धमिलिएपछि महाेत्तरीमा खानेपानीकाे संकट चुलियाे

  • 11 minutes ago
बाढीले मुहान धमिलिएपछि महाेत्तरीमा खानेपानीकाे संकट चुलियाे

बर्दिवास । पछिल्लो एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट बढेको छ । खानेपानीका मुहान बाढीले धमिलिएपछि यहाँ खानेपानीको सङ्कट बढेको हो ।

दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

  • 17 minutes ago
दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

दमौली । दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।