एट्लेटिको मड्रिडले सेल्टासँग हार्यो, रियल मड्रिडद्वारा लेगानेस पराजित

  • आइतबार, १७ भदौ, २०७५
  • 10 months ago
  • खेल
Education Park

काठमाडौं । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको मड्रिड सेल्टा भिगोसँग पराजित भएको छ ।  सेल्टाको घरेलु मैदान बालाडोसमा सम्पन्न खेलमा घरेलु टिम २–० गोलले विजयी भएको हो । 

 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा घरेलु टिम आक्रामक देखिएको थियो । खेलको ४६ औं मिनेटमा नै म्याक्सी गोमेजले गोल गरेर घरेलु टिमलाई अग्रता दिए । त्यस्तै, ५२ औं मिनेटमा म्याक्सी गोमेजको पासमा इयागो आसपासले गोल गरेर अग्रता दोब्बर पारेका थिए ।  

 

खेलमा फर्कने प्रयास गरेको एट्लेटिको मड्रिडलाई सेल्टाले रोक्यो । पाहुना टोली बढी आक्रामक हुँदा ७० औं मिनेटमा १० खेलाडीमा सीमित हुनुपर्यो । डिफेन्डर स्टेफान साभिक दोहोर पँहेलो कार्डको शिकार बन्दा एट्लेटिको मड्रिड बढी दवावमा देखियो र खेल सेल्टाको पक्षमा गयो । 

 

त्यस्तै, शनिबार राति सम्पन्न खेलमा रियल मड्रिडले घरेलु मैदानमा रियल मड्रिडले जित निकालेको छ ।  सान्टियागो बेर्नाबेउमा सम्पन्न खेलमा रियलले घरेलु प्रतिद्धन्द्धी लेगानेसलाई ४–१ गोलले पराजित गरेको हो । 

 

रियलले खेलको १७ औं मिनेटमा नै अग्रता लिएको थियो । रियलको लागि ड्यानी कार्भाहालको पासमा ग्यारेथ बेलले गोल गरे । तर, २४ औं मिनेटमा लेगानेसले पाएको पेनाल्टीको सदुपयोग गर्दै गुइडो कारिल्लोले गोल गरे । 

 

दोस्रो हाफमा रियल फर्मममा आयो । ४८ औं मिनेटमा मार्को एसेन्सियाको पासमा करिम बेन्जेमा, ६१ औं मिनेटमा लुका मोड्रिचको पासमा करिम बेन्जेमा तथा ६६ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्र्फत गोल गरेपछि रियल ४–१ गोलले विजयी भएको हो । 

 


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 5 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 12 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 12 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।