एट्लेटिको मड्रिडले गेटाफेलाई तथा रियल मड्रिडले इस्प्यानियोललाई हरायो

  • आइतबार, ७ असोज, २०७५
  • 3 weeks ago
  • खेल

काठमाडौं । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा मड्रिडस्थित दुई क्लब एट्लेटिको मड्रिड र रियल मड्रिड दुबैले जित दर्ता गरेका छन् । एट्लेटिको मड्रिडले गेटाफेलाई २–० गोलले पराजित गरेको हो भने रियलले इस्प्यानियोललाई पारजित गरेको हो । 

 

गेटाफेको घरेलु मैदानमा सम्पन्न खेलमा एट्लेटिको मड्रिडले आत्मघाति गोलबाट अग्रता लिएको थियो । गेटाफेका खेलाडी डेभिड सोरियाले १४ औं मिनेटमा नै आत्मघाति गोल गरेको थियो । पहिलो हाफमा १–० ले अघि रहेको पाहुना टिमले दोस्रो हाफको ६० औं मिनेटमा अग्रता दोब्बर पार्यो । उक्त गोल थोमास लिमारले गरेका थिए । 

 

त्यस्तै, रियल मड्रिडले घरेलु मैदान शान्टियागो बेर्नाबेउमा इस्प्यानियोललाई पराजित गरेको छ । खेलको ४१ औं मिनेटमा मार्को एसेन्सियोले गरेको एकमात्र गोल निर्णायक बनेको हो । 

 

त्यस्तै, अन्य खेलहरुमा डिर्पोटिभो आलाभेजले रायो भालेकानोलाई ५–१ गोलले, एइबारले लेगानेसलाई १–० गोलले हराएको छ भने सेल्टा भिगो र रियल भालाडोलिडले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

 


थप समाचार

दशैँमा पनि हुम्लीलाई कामको चटारो

  • 5 hours ago
दशैँमा पनि हुम्लीलाई कामको चटारो

नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् ।

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

  • 5 hours ago
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

  • 8 hours ago
ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

प्रबडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ । धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो ल



भिडियो

प्रेम र यौन

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ । अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।