Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलएसियाडका लागि नेपाली महिला फुटबल टिम चीन प्रस्थान

एसियाडका लागि नेपाली महिला फुटबल टिम चीन प्रस्थान


काठमाडौँ। १९ औं एसियन गेम्स (एसियाड)मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ।

चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने एसियाडका लागि नेपाली महिला फुटबल टिम सोमबार चीन प्रस्थान गरेको हो।

नेपाली महिला टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो।

एसियाडका लागि नेपाली महिला फुटबल टिम समूह ‘डी’ मा रहेको छ। यस समूहमा विश्वकप खेलिसकेको जापान र भियतनामसँगै बंगलादेश छ।

एसियाडअन्तर्गतको मिहला फुटबल २१ सेप्टेम्बरदेखि सुरु हुने तालिका रहेको छ।

नेपालले आफ्नो पहिलो खेल भियतनामसँग सेप्टेम्बर २२, दोस्रो खेल जापानसँग सेप्टेम्बर २५ तथा अन्तिम खेल बंगलादेशसँग सेप्टेम्बर २८ मा खेल्नेछ।

२२ सदस्यीय टोलीको कप्तानमा रेनुका नगरकोटी तथा मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT