एक फ्रान्सेली युवतीको अद्भुत जीवनयात्रा

Education Park

एजेन्सी । सामाजिक सञ्जालमा एक युवतीले सानोमा भेडा चराउँदाको तस्बिरहरु भाइरल भएको थियो । 

 

यो सबैलाई प्रेरणा दिने नजाद भल्लाउद–बेल्कासेम, एक मोरोक्कोकी केटीको कथा हो जो आज फ्रान्सको शिक्षा मन्त्री बन्न सफल बनिन् । उनको जन्म सन् १९७७ मा नाडोरमा भएको थियो । बाल्यकालमा भेडा चराउने देखि अन्य कामहरु गरेकी नजादको संघर्षको कथाले धेरैलाई जीवन सफल बनाउन प्रेरणा दिने काम गरेको छ । 

 

उनको यस कथाले असम्भव भन्ने कुरा केही नरहेको र दृढशक्ति र विश्वासले हरेक समस्या जित्न सकिने बताउँछ । 

 

नजादले संघर्ष भन्ने कुरा ४ वर्षको कलिलो उमेरमा नै सिकिसकेकी थिइन् । उनी चार वर्षको छदाँ इनारबाट पानी ल्याउने काम गर्थिन् । मोरक्कोमा छदाँ नजादको पिताले निर्माणमा कामदारको रुपमा काम गर्थे । 

 

जब उनी चार वर्षको थिइन् तब उनको परिवार फ्रान्समा बसाइ सरेको थियो । त्यसपछि उनको जीवनमा झन् संघर्ष दिनहरु देखिए । उनलाई फ्रेन्च भाषा आउथेन । त्यसका कारण पनि उनी र उनको परिवारलाई अरुसँग वार्तालाप गर्न निकै कठिन भएको थियो । 

 

तर, असली हिरो झनै, उनले हार मानिनन् । उनी आफ्नो पढाइलाई मुख्य केन्द्रमा राखेर अगाडि बढिन् । अन्ततः उनले फ्रेन्च भाषामा दख्खलता हासिल गरिन् । कलेजको पहिलो वर्षमा नै उनले आफुलाई निकै परिष्कृत गरिसकेकी थिइन् । 

 

अमिइन्स विश्वविद्यालयमा उनले राजनीति विषयमा पढ्न चासो देखाइन् । उच्च शिक्षाका लागि यो फ्रान्सको एउटा विशिष्ट इन्सिच्युट हो । यसपछि उनलाई राजनीतिप्रति बढी चासो हुन थाल्यो । 

 

कडा लगन र परिश्रमका कारण सन् २००२ मा उनले पेरिस इन्सिटुट अफ पोलिटिकल स्टडिजमा उनी ग्रयाजुएट भइन् । त्यसपछि उनी समाजवादी पार्टीमा प्रवेश गरिन् । उनले नागरिकका हक अधिकार, सुलभ घर तथा भेदभावविरुद्ध लड्न सुरु गरिन् । 

 

उनी काउन्सिलओमनको रुपमा रोन अलपिन्समा निर्वाचित भएकी थिइन् । उनले अफिसमा रहेर सन् २००८ सम्म काम गरिन् । 

 

सन् २००८ मा उनी काउन्सिल जनरल अफ द रोन डिपार्टमेन्टमा निर्वाचित भइन् । त्यसपछि उनलाई राजनीतिमा चिनिन थाल्यो । 

 

सन् २०१२ मा उनलाई महिला अधिकार मन्त्री र प्रवक्ताको रुपमा सरकारले नियुक्त गरेको थियो । राष्ट्रपति होल्याण्डेले उनलाई चुनेका थिए । 

 

अन्ततः सन् २०१४ मा उनी शिक्षामन्त्रीमा निर्वाचित भएकी थिइन् ।  उनी हाल ३८ वर्षकी भएकी छिन् । फ्रान्सको पहिलो महिला शिक्षामन्त्री बन्न उनी सफल भएकी छिन् । 

 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 5 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 5 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 5 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।