लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

  • बिहीबार, ३१ जेष्ठ, २०७५
  • 3 months ago
  • अर्थ

इलाम ।  हालको लघुवित्तसम्बन्धी नीतिले गाउँगाउँमा समस्या निम्त्याएको भन्दै यससँग सम्बन्धित नीति परिमार्जन गर्न सरोकारवालाले माग गरेका छन् । 

 

नेपाल मधेश फाउण्डेशन, सुन्दर शान्त नेपाल नामक संस्थाद्वारा सदरमुकाममा आयोजित ‘वित्तिय संस्थाले पारेको सामाजिक प्रभाव तथा असर’ विषयक कार्यक्रमका वक्ताले विकृति र विसंगति बढेकाले यस्तो नीति परिमार्जन गर्न माग गरेका हुन् । 

 

व्यवसाय सञ्चालनका लागि ऋण आवश्यक भए पनि बढीजसो यसले समाजमा नकारात्मक असर पारेको नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष अभिषेक एक्तेनले बताउनुभयो । उहाँले यस्ता कार्य नियन्त्रण गरिनुपर्ने धारणा 

 

जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकरले पहिला गाउँगाउँमा पुगेर वित्तीय साक्षरता बढाउन आवश्यक रहेको बताउनुभयो । लघुवित्तमार्फत दिइने ऋण एक व्यक्ति–एक समूह बनाएर कार्यान्वयन गर्न सके समस्या केहीहदसम्म समाधान हुने उहाँको भनाइ थियो । राष्ट्र बैंकले दिएको सीमाभन्दा माथि रहेर ऋण लगानी गर्ने गरेको गुनासोसमेत सहभागीको छ । 

 

गाउँगाउँमा समूह बनाएर बिनाधितो ऋण प्रवाह गर्नु यसको सकारात्मक पाटो भए पनि दिएको ऋण उठाउने क्रममा आउने समस्याले विकृति निम्त्याएको सहभागीको भनाइ छ । बिनाधितो ऋण पाएपछि जति पनि लिने, जुन उद्देश्यमा रकम लिएको छ अन्य स्थानमा नै खर्च गर्ने भएकाले पनि समस्या उत्पन्न भएको हो । 

 

पछिल्लो समय लघुवित्तको संख्या बढ्दै गएकाले समस्या निम्त्याएको हो । एकपटक धेरैवटा लघुवित्तमार्फत ऋण लिँदा तिर्न समस्या हुने भएकाले कतिपयले आत्माहत्यासमेत गरेका घटना छन् । आफू रहेको ठाउँभन्दा अन्यत्रै स्थानान्तरण हुनु, वैदेशिक रोजगारीतर्फ लाग्नु र नभए अन्तिम विकल्पका रुपमा आत्महत्या रोज्ने गरेका सहकारीकर्मी टीका घिमिरेले बताए । 

 

गाउँगाउँमा आर्थिक द्वन्द्व रहेकाले यसलाई नियन्त्रण गर्न पहल गरिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको भनाइ थियो । “जुन उद्देश्यले ऋण लिएको छ त्यस अनुसार रकम खर्च भएको छ या छैन अनुगमन गर्नु पर्छ,” उनले भने । धितो लिएर भए पनि यसलाई नियन्त्रण गर्न आवश्यक छ । 

 

जिल्लामा आठदेखि ११ प्रतिशतमा ऋण लिने तथा १२ देखि १८ प्रतिशतमा लगानी गर्ने गरेको पाइएको छ । कम्पनी र ऋणअनुसार ब्याजदर फरक फरक छ । 

 


थप समाचार

फेसबुकमा समाचार सेयर गर्दा डिट्ठाको जागिर चट्

  • 9 minutes ago
फेसबुकमा समाचार सेयर गर्दा डिट्ठाको जागिर चट्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ।

के अब अश्लील वेबसाइट बन्द होलान् ?

  • 32 minutes ago
के अब अश्लील वेबसाइट बन्द होलान् ?

काठमाडौं । नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला ? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेल

नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

  • 35 minutes ago
नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

काठमाडौं । पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।