IIMS College

ISMT

HUB Education

लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बागलुङ । जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे/नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन । प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार एउटै ‘किट’ को मूल्य रु. ५०० सम्म पर्छ । ‘किटको मूल्य महँगो छ, प्रहरीसँग आर्थिक स्रोत छैन’, उनले भने, ‘स्थानीय तह या अन्य कुनै निकायको सहयोग चाहिन्छ ।’ 

 

‘टेस्ट किट’ को प्रयोगले सजिलै लागुऔषध प्रयोगकर्ताको पहिचान हुने उनको भनाइ छ । गर्भ परीक्षणको जस्तै देखिने ‘किट’मा पिसाब राख्दा लागुऔषध प्रयोग गरेको भए ‘पोजेटिभ’ र नभए ‘नेगेटिभ’ देखाउँछ । लागुपदार्थ सेवन गरेर सवारी चलाउने क्रम बढेपछि प्रहरीले लापसे जाँचको योजना ल्याएको हो ।

 

‘मुखमा कुनै गन्ध नआउने तर शरीर हेर्दा लठ्ठिएको देखिन्छ’, प्रहरी उपरीक्षक भट्टले भने, ‘किट प्रविधिले लागुपदार्थ प्रयोगकर्ता छुट्टिन्छ ।’ गाँजादेखि अन्य जुनसुकै लागुपदार्थ सेवन गरेको भए पनि परीक्षणमा खुल्ने उनको भनाइ छ ।

 

सवारी चालकलाई मात्र नभएर दुर्व्यसनीमा परेका जोसुकैको पहिचानका लागि ‘टेस्ट किट’ उपयोगी हुने देखिन्छ । कतिपय जिल्लामा स्थानीय तहले नै लापसे जाँच्न ‘टेस्ट किट’ भित्र्याएका छन् । छ महीनाअघि लागुऔषध सेवन गरेको भए पनि ‘टेस्ट किट’ मा देखिने स्वास्थ्यकर्मी बताउँछन् ।

 

‘किट’ को माध्यमबाट विद्यार्थी, युवालगायत प्रभावित क्षेत्रका मानिसमा ‘लापसे’ जाँच्न सकिने प्रहरी उपरीक्षक भट्टले बताए । बागलुङ पनि लागुऔषध दुर्व्यसनीको मारमा छ । शहरी क्षेत्र हुँदै गाउँघरमा समेत लागुऔषध प्रयोगकर्ता बढेका छन् ।

 

अधिकांश युवापुस्तामा लागुऔषध दुर्व्यसनीको समस्या छ । साथीको लहैलहै र रमाइलोका नाममा दुर्व्यसनीमा फस्ने बढी छन् । प्रहरीले लागुऔषध विरुद्ध अभियान नै थालेको छ । अभिभावक सचेतनाका लागि घरदैलोदेखि दुर्व्यसनीमा फसेका युवालाई पुनःस्थापना गृहमा पठाउनेसम्मको काम प्रहरीले गरेको छ ।

 

विद्यालय, क्याम्पस र समुदायस्तरमा पनि लागुऔषधविरुद्ध सचेतना जगाउन अभियान चलाइएको प्रहरीले जनाएको छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले दुर्व्यसनी नियन्त्रणका लागि प्रहरीसँग साझेदारीमा काम गरिने बताए ।

 

‘विकृति, विसङ्गति अन्त्यको विषय बजेट/कार्यक्रमले पनि समेटेको छ’, उनले भने, ‘प्रहरीसँग मिलेर काम गछौँ, ‘किट’ खरिद लगायतमा सहयोग गर्न नगरपालिका तयार छ ।’ आउँदो आर्थिक वर्षबाट लागुऔषध नियन्त्रणसँगै समाज सुधारका क्षेत्रमा योजनावद्ध काम हुने उनको भनाइ छ ।

 

प्रहरीले केही वर्षअघि चलाएको मादक पदार्थ सेवन (मापसे) जाँचको अभियान निकै चर्चित बनेको थियो । मापसे जाँच हुन थालेपछि दुर्घटना न्यूनीकरणमा ठूलो टेवा पुगेको प्रहरीको भनाइ छ । अहिले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको सङ्ख्या घटेको छ ।

 

सुरूमा रु. एक हजार जरिवाना, सवारी चालक अनुमतिपत्रमा प्वाल पार्ने र ट्राफिक शिक्षा दिने गरेको प्रहरीले अहिले मापसे गरेर सवारी चलाएमा एक रात हिरासतमा समेत राख्ने गरेको छ । ‘मापसे’मा झैँ ‘लापसे’ मा कडाइ गरेमा लागुऔषध दुर्व्यसनी रोक्न सकिने प्रहरीको विश्वास छ । (रासस)


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 1 hour ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 2 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 4 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।