IIMS College

ISMT

HUB Education

लैनचौर पुगेर विद्यार्थीले भारतीय नक्सा जलाए

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । भारत सरकारले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्सामा पारेर सार्वजनिक गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । शुक्रबार प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँस्थित भारतीय दूतावास नजिक लैनचौरमा विरोध प्रदर्शन गर्दै विवादित नक्सा जलाएका छन् । 

 

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा भारतले हस्तक्षेप गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । नेविसंघका विद्यार्थीहरुले शुक्रबार बिहान नै चाबहिलमा समेत विरोध जुलुससमेत निकालेका थिए ।

 

उता भारतीय विदेश मन्त्रालयले भने नक्सामा नेपालको भूभाग परेको दावीको खण्डन गरेको छ ।  विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको बताएका छन् । 

 

नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा  देखाइएपछि नेपालमा मोदी सरकारको व्यापक विरोध भएको छ । उनको ठाउँठाउँमा पुत्ला दहन कार्यहरु समेत भएका छन् ।

 


थप समाचार

ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

  • 2 minutes ago
ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

लहान । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिष

आगलागी (तस्बिर)

  • 14 minutes ago
आगलागी (तस्बिर)

सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाका स्थनीय सिताराम यादवको घरमा आगलागी हुँदा घर जलेर नष्ट । भान्सामा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

परम्परागत घरमा यूवा पुस्ताको आकर्षण

  • 22 minutes ago
परम्परागत घरमा यूवा पुस्ताको आकर्षण

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा जारी चौँथो बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा बनाईएका विभिन्न आदिवासी जनजातिका परम्परागत घरको अवलोकन गर्दै युवायुवती ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पात किन चपाउनुहुँदैन ?

तुलसीको पात किन चपाउनुहुँदैन ?

हिन्दू धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।