काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर

  • बिहीबार, ९ जेष्ठ, २०७६
  • 3 weeks ago
  • युके
Education Park

 

लन्डन ।काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित  भएका छन् ।

 

लन्डन बरो अफ बार्नेटको मंगलवार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो।

 

सोही बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयरको पदमा निर्वा्चित गरेको थियो । बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट हरेक वर्ष नयां मेयर र उपमेयर चुन्ने गर्दछ । झन्डै चार लाख जनसंख्या भएको बार्नेट ब्रिटेनको सबैभन्दा बढी जनघनत्व भएको काउन्सिल पनि हो ।

 

उपमेयरमा निर्वा्चित भए पछि गुरुङले सबैलाई धन्यवाद दिए। आफ्ना प्राथमिकताहरुबारे कुरा गर्दै उनले भने, “मेरो मुख्य प्राथमिकता नेपाली समुदाय र बार्नेट काउन्सिलबीच रहेको खाडल पुर्नु हो। मैले उत्तर पश्चिम लन्डनमा बसोबास गर्ने नेपाली समुदायको लागि एउटा सामुदायिक केन्द्र उपलब्ध गराउने बारे प्रयास गर्नेछु ।

 

उनले  ब्रिटेनको  सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट पहिलो भूतपूर्व गोर्खा प्रतिनिधि हुन पाउंदा आफु गौरवान्वित र सम्मानित भएको बताउँदै काउन्सिलको तर्फबाट भाग लिनुपर्ने सबै सामुदायिक कार्यक्रमहरुमा गौरवका साथ काउन्सिल  र नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने बताए ।

 

ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त गुरुङ सन् २००५ देखि सपरिवार बेलायतमा बसोबास गर्दै आएका छन् । उनी गत वर्ष बार्नेट काउन्सिलको हेल वार्डबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए।

 

गुरुङ बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष पनि हुन्। उनलाई बर्नेट काउन्सिलले नेपाली समुदायलाई उनले पुराएको सेवाको कदर गर्दै  बार्नेट सिभिक अवार्डबाट सम्मानित पनि गरेको थियो । 

 

 

 


थप समाचार

सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

  • 1 hour ago
सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

हेँटौडा । प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको

असार २६ गतेदेखि भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

  • 1 hour ago
असार २६ गतेदेखि  भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

काठमाडौं । आउँदो अषाढ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला आयोजना हुने भएको छ । शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखि लगातार रुपमा हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

  • 1 hour ago
तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।